News Category 2077/06/12
बलात्कार प्रयासका फरार ७३ वर्षिय बृद्धसहित तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
बलात्कार प्रयास मुद्दाका फरार तीन अभियुक्तहरु चार वर्षपछि पक्राउ परेका छन् । उनीहरुलाई सोमबार प्रहरीले अदालतमा बुझाएको छ ।
पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ३२ वर्षिय पवन पण्डित, ५८ वर्षिय खुशीलाल यादव र ७३ वर्षिय बिन्देश्वर शर्मा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बि.स. २०७३ भदौं २७ गते सप्तरी जिल्ला अदालतले उनीहरुमाथी आश्यकरणी मुद्दा अन्तरगत जनही १० दिनको कैद र ५ सय रुँपैया जरिवाना तोकेको थियो । आरोपितहरुले २०७३ बैशाख १८ गते खेतबाट घर फर्किने क्रममा घेरा हाली एक २१ वर्षिया युवतीको बलात्कार प्रयास गरेको पीडित पक्षको उजुरीको आधारमा आरोपितहरुमाथी आश्यकरणी मुद्दा चलाइएको थियो ।
सो मुद्दा उपरको सुनुवाईमा न्यायाधिश बिनोद कुमार गौतमको एकल इजलाशले १० दिन कैद र ५ सय रुँपैया जरिवाना तोके लगत्तै आरोपितहरु फरार भएको डिएसपी तिलक भारतीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ