News Category 2077/06/12
पचास वर्षिया दायमनको रहस्यमय हत्या

दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
सप्तरीको तिरहुत गाउँपालिका वडा नं. २ मैनाकडेरीमा एक ५० वर्षिया महिलाको रहस्यमय हत्या भएको छ ।
स्थानीय शिवनारायण यादवकी पत्नी दायमन देवीको रहस्यमय हत्या भएको हो । गत बिहीबार बिराटनगरबाट घर आएकी दायमानको मृत शरीर शनिबार बिहान शौचालय नजिक आंगनमा फेला परेको हो ।
घाँटीमा प्लाष्टिकको दुई वटा डोरी बाँधेको, कान र नाकबाट रगत आएको तथा शरीरमा निलडाम समेत भेटिएका कारण प्रारम्भिक अवस्था हेर्दा हत्या नै भएको हुन सक्ने प्रहरीको भनाई छ ।
गाउँस्थित घरमा दायमन र उनकी सासु ७६ वर्षिया जोहरीदेवी यादव बस्ने गरेका थिए । पति शिवनारायण बिराटनगरस्थित एक विद्यालयमा शिक्षक हुन् भने उनको दुई छोरा काठमाडौंमा बस्दै आएका छन् ।
बिहीबार शिवनारायणले आमालाई बिराटनगर बोलाएपछि उनी घरमा एक्लै थिइन् । यसअघि पतिले बोलाएपछि एकसाता अघि सासुलाई घरमा छाडी दायमन बिराटनगर पुगेकी थिइन् र सोही दिन उनी फर्किएकी थिइन् ।
यता पति शिवनारायणले हालखबर बुझ्न शुक्रबार बेलुका फोन गरेपनि श्रीमतीले फोन नउठाएपछि छिमेकीलाई खबर बुझ्न शनिबार घर पठाएका थिए । शनिबार बिहानै छिमेकीहरु घर पुग्दा शौचालय नजिकै आंगनमा दायमन मृत भेटिएकी थिइन् ।
घटना सम्बन्धमा वडा अध्यक्ष जयप्रकाश यादवले दायमनको घरमा रहेका सबै गरगहना, नगद तथा अन्य सरसामान सुरक्षित रहेकाले हत्या कसले र किन गरेको भन्ने कुरा रहस्यमय रहेको बताएका छन् ।
प्रहरी उपरिक्षक राजेन्द्र धमलाले शवलाई पोष्टमार्टमका आइतबार धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिएका छन् ।
घटना बारे सुक्ष्म अनुसन्धान गर्न सोमबार जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयबाट एउटा टोली समेत आइपुगेको र जिल्ला प्रहरी कार्यालय समेतको संलग्नतामा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ