News Category 2077/06/15
बालमन्दिरलाई अर्को विद्यालयमा गाभ्ने निर्णय विवादमा
दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
राजविराज नगरपालिकाले नगर क्षेत्रको पुरानो शैक्षिक संस्था बाल मन्दिरलाई अर्को विद्यालयमा गाभ्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ ।
बालमन्दिरलाई राजविराज वडा नं. ७ स्थित रमेश नारायण दास आदर्श विद्यालयमा गाभ्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको हो ।
नेपाल बाल संगठनले एक प्रेस विज्ञप्ति जारि गर्दै नगरपालिकाले गत भदौं ९ गते २०२१ सालदेखी आफ्नै जग्गामा संचालनमा रहेको बाल मन्दिरलाई उक्त विद्यालयमा गाभ्ने र सो जग्गामा इन्जिनियरिङ र नापी समेतको उच्च प्राविधिक शिक्षा संचालन गर्न भवन निर्माण गर्ने निर्णय गर्दा आफूहरुलाई कुनै जानकारी नदिई यति पुरानो संस्थाको अस्तित्व नै समाप्त गर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।
बाल मन्दिर संचालक समितिका अध्यक्ष पुनम शेखर नायरद्वारा जारि विज्ञप्तिमा नगरपालिकाले गरेको उक्त निर्णयले अनाथ, असहाय बालबालिकाको अधिकार खोसिने भन्दै सो निर्णय नसच्याए कानुनी उपचारका लागि न्यायलयमा समेत जान बाध्ये हुने उल्लेख गरिएको छ ।
अध्यक्ष नायरले नगरपालिकाको उक्त कदम बालबालिका एन २०७५ विपरीत हुनुका साथै बाल संगठनको जानकारी बिना नै निर्माण कार्य समेत संचालन गर्न लागिएकाले आफूहरु यस बिरुद्ध कानुनी उपचारमा जाने निर्णय गरिएको जानकारी समेत दिएका छन् ।
सात कठ्ठा १२ धुर जग्गा बालमन्दिर कै स्वामित्वमा रहँदा रहँदै उक्त संस्थालाई थाहै नदिई अन्यत्र गाभेर बाल मन्दिरको जग्गामा इन्जिनियरिङ र नापीको प्राविधिक उच्च विद्यालय संचालनको नाउँमा निर्माण कार्य सुरु गरिएको र यसले पुरानो एतिहासिक संस्थाको अस्तित्व नै समाप्त हुने उनको जिकिर रहेको छ ।
नगरपालिकाको शिक्षा समितिले भदौं १० पत्र पठाई बाल मन्दिरको सरसामान बुझाउन र बाल मन्दिरलाई रमशे नारायण दास आर्दश विद्यालयसित समायोजन प्रक्रियामा सघाउन भनी पत्र पठाएपछि आफूहरु चकित परेको अध्यक्ष नायरको भनाई छ । उनले नगरपालिकाको उक्त निर्णय कुनै पनि हालतमा स्विकार्य नहुने समेत बताएका छन् ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले बाल मन्दिरमा विद्यार्थी संख्या कम भएका कारण समायोजन गरिएको बताउँदै भने, विद्यार्थी अति कम छन्, पाँच÷६ जना शिक्षकको दरबन्दी रहेको बाल मन्दिरमा खर्च नै बढी भएको कारण समायोजन गरिएको हो । उनले सिटिइभिटीबाट सम्बन्धन लिएर डिप्लोमा इन्जिनियरिङ र डिप्लोमा नापी जस्तो प्राविधिक विषय पठानपाठनको व्यवस्था मिलाउनका लागि बाल मन्दिरको जग्गामा नयाँ भवन निर्माण गर्न लागिएको स्पष्ट पार्दै यसमा सबैले सहयोग गर्नु पर्ने बताएका छन् ।
यता बाल संकगठनले यस सम्बन्धमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अख्तियार अनुसन्धान आयोग, शिक्षा मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय लगायतका विभिन्न निकायमा पनि पत्राचार गरिएको समितिका अध्यक्ष नायरले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ