News Category 2077/06/15
जसपाले चार नेतालाई अनुशासनको कारवाही गर्ने
दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
जनता समाजवादी पार्टी सप्तरीले अनुशासन उलंघन, पार्टी प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको ठहर गर्दै दुई जना नेतालाई ६ महिनाका लागि पार्टीबाट निलम्वन गर्ने तथा अन्य दुई जनालाई केन्द्रिय कार्यकारणी समिति तथा प्रदेश नं. २ समितिमा आवश्यक कारवाहीका लागि सिफारिसको निर्णय गरेको छ ।
सो पार्टीका जिल्ला अध्यक्षद्वय केदार प्रसाद यादव र हरेराम यादवद्वारा बिहीबार जारि संयुक्त प्रेस विज्ञप्ति मार्फत सो बारे जानकारी गराइएको हो ।
विज्ञप्तिमा गत असोज ३ गते पार्टीको केन्द्रिय निर्देशन अनुरुप राजविराजमा भएको बिरोध सभा संचालन गरिरहेका बेला पार्टीका नेता चितरन्जन यादवलाई गाली गलौज र हातपात जस्ता अभद्र व्यवहारले पार्टी अनुशासनको गम्भिर उलंघन गरेको ठहर गर्दै राजविराज नगर कमिटिका अध्यक्ष भिमराज यादव र जिल्ला सदस्य लक्ष्मण यादवलाई ६ महिनाका लागि पार्टीको सो पदबाट निलम्वन गरेको जनाइएको छ ।
यस्तै केन्द्रिय सदस्य समेत रहेका भिमराज यादव र अशोक यादवको हकमा भने आवश्यक कारवाहीका लागि केन्द्रिय कार्यकारणी समितिमा सिफारिस गर्ने तथा प्रदेश समितिका सदस्य सत्यनारायण यादवलाई मधेश प्रदेश समिति प्रदेश नं. २ मा आवश्यक कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
तत्कालिन समाजवादी पार्टी जिल्ला समितिका पदाधिकारी तथा पूर्व राष्ट्रिय जनता पार्टी जिल्ला अध्यक्ष मण्डलको बुधबार सम्पन्न संयुक्त बैठकले सो निर्णय गरेको दुबै अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ