News Category 2077/06/15
मन्त्री सोनलद्वारा नदी कटान क्षेत्र निरिक्षण
दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
प्रदेश २ का भौतिक पूर्वाधार तथा योजना मन्त्री जितेन्द्र सोनलले बिहीबार सप्तरीको बलानबिहुल गाउँपालिकास्थित बलान नदीको कटान क्षेत्रको निरिक्षण गरेका छन् ।
उच्च जोखिममा रहेको बलान बिहुल गाउँपालिकाको बलान नदीले कटान गरेको क्षेत्र र सोबाट प्रभावित बस्तीमा मन्त्री सोनल पुगेका हुन् ।
दुई महिनाअघि मात्रै त्यहा निर्माण गरिएको तटबन्ध मध्ये ८ सय मिटर तटबन्ध बाढीले बगाएको थियो । जसकारण सो गाउँपालिका र आसपासका सयौं परिवार प्रभावित भएका थिए । यस्तै सयौं विगहा जग्गामा लगाइएको धानबाली बगरमा परिणत भएको थियो ।
सो क्षेत्रको निरिक्षण गर्दै मन्त्री सोनलले बलान नदी नियन्त्रणका लागि हालसम्म भएगरेका कामहरु बारे बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतसँग जानकारी लिए । सो क्रममा उनले जलउत्पन्न प्रकोप तथा नियन्त्रण र सिचाई विभागका उच्च अधिकारीहरुलाई आवश्यक निर्देशन पनि दिए ।
केन्द्र सरकारबाट बाढी नियन्त्रणको सवालमा खासै सहयोग नपाएपनि वर्षेणी आउने बाढीको समस्या समाधानका लागि प्रदेश सरकार गम्भिर रहेको उनले बताए । बाढी प्रभावित क्षेत्रका बासिन्दाको अनुहारमा खुशियाली ल्याउन प्रदेश सरकारले उपलब्ध श्रोत साधनको उच्चतम परिचालन गरिरहेको बताएका उनले यसको दिर्घकालिन स्थायी समाधान खोज्ने योजनामा आफूहरु लागिपरेको सुनाए ।
मन्त्री सोनलसँगै संघीय सांसद रेणु यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव, प्रदेश सांसद अभिशेक यादव, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, जसपाका नेता गजेन्द्र कुमार मण्डल, दिनेश यादव, दिपेन्द्र चौधरीलगायतले पनि कटान क्षेत्रको निरिक्षण गर्दै नियन्त्रणका लागि सामूहिक प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ