News Category 2077/06/18

वर्तमान सरकार कमिशनतन्त्र, लुटतन्त्र र भ्रष्टतन्त्रमा लाग्यो ः उपेन्द्र अध्यक्ष 

दैनिक समाचारदाता

वर्तमान सरकार कमिशनतन्त्र, लुटतन्त्र र भ्रष्टतन्त्रमा लाग्यो ः उपेन्द्र अध्यक्ष 

दैनिक समाचारदाता
राजविराज, १८ असोज । 
    जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार कमिशनतन्त्र, लुटतन्त्र र भ्रष्टतन्त्रमा हाबी भएको आरोप लगाएका छन् । 
    आइतबार राजविराजमा आयोजित पार्टीमा युवा प्रवेश कार्यक्रममा बोल्दै उनले सो आरोप लगाउँदै सरकार चौतर्फी रुपमा असफल भइसकेकोले मुलुकको संकट वर्तमान सरकारबाट समाधान नहुने दाबी समेत गरे । 
    कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधामन्त्री समेत रहेका अध्यक्ष यादवले मुलुकमा विद्यमान संकटको जड नै वर्तमान सरकार रहेकोले यसका बिरुद्ध फेरी एक पटक आन्दोलन गर्नुपर्नेमा जोड दिए । शिक्षाको अवस्था सार्क मुलुकमै सबैभन्दा कमजोर रहँदा पनि त्यसमा सुधारका लागि कुनै कार्यक्रम ल्याउन नसकेको र यही कारणले गर्दा मुलुकबाट यूवाहरु पलायन हुने क्रम बढीरहेको उनको भनाई छ । 
    उनले जनता गरिबी र बेरोजगारीले तडपीरहेको अवस्थामा त्यस्ता समस्याप्रति तमासे भएर बसेको सरकारलाई कसरी कम्युनिष्टको सरकार भन्ने बारे प्रश्न समेत ते¥साए । मुलुकमा चौतर्फी बिकृती र समस्याको थुप्रो लागे पनि समाधानप्रति कुनै चासो नदेखाएकोले वर्तमान सरकार कलंकीत भइसकेको उनको टिप्पणी थियो । 
    संबैधानिक आयोग तथा अन्य निकायमा नियुक्ति गर्दा ८० प्रतिशतसम्म एउटै समुदायबाट नियुक्ति गरेर सरकारले समावेशिताको धज्जी उडाएको उनको भनाई छ । संविधान संशोधन गरेर असन्तुष्ट पक्षका माँग सम्बोधन गर्ने मामिलामा पनि सरकार इमान्दार नदेखिएको बताउँदै उनले आन्दोलनको विकल्प नरहेको उद्घोष गरे । 
    आदिवासी, जनजाती, दलित, मधेशी तथा सिमान्कृत समुदायको माँग सम्बोधनका लागि संविधान संशोधन आवश्यक रहे पनि सरकार मुकदर्शक भएर बसिरहेको उनले जिकिर गरे । संविधानमा रहेका विभेदकारी प्रावधान संशोधन गरि सबैको अपनत्व हुने खालको वातावरण नबनेसम्म सचेत युवाहरुले पनि खबरदारी गरिरहनु पर्नेमा उनले जोड दिए । 
    युवाहरुकै कारण विश्वमा ठूलठूला परिवर्तन र क्रान्तिहरु सफल भएको बताएका उनले यूवाहरुलाई उनले अध्ययनशिल, लगनशिल र संघर्षशिल बन्न सुझाव पनि दिए । 
    तत्कालिन समाजवादी यूवा फोरमका अध्यक्ष आतेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका सदस्यद्वय शेखर सिंह, मृगेन्द्र कुमार सिंह यादव, प्रदेश २ का भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, राज्य मन्त्री योगेन्द्र राय यादव, प्रदेशसभा सदस्यद्वय मनिष सुमन, नेत्रविक्रम साह लगायतले पनि बोल्दै संविधान संशोधन नभएसम्म आफूहरु मौन भएर नबस्ने चेतावनी दिएका थिए । 
    कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि जसपमा प्रवेश गरेका २ सय ८५ जना यूवाहरुलाई प्रमुख अतिथि र अन्य अतिथिहरुले फुलमाला र अबिर लगाई स्वागत गरेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट