News Category 2077/06/19
नागरिकता बनाउन आउनेको अत्याधिक भिड
दैनिक समाचारदाता
राजविराज, १९ असोज ।
कोरोना महामारीकै बीचमा बन्दाबन्दी समाप्त भएको सरकारले निर्णय गरेपछि अहिले जिल्ला प्रशासन कार्यालय सप्तरीमा नागरिकता बनाउनेहरुको अत्याधिक चाप बढेको छ ।
कोरोना महामारीको जोखिम कायमै रहेका बेला जिल्ला प्रशासन कार्यालय सप्तरीमा दिनहुँ ५ देखी ६ सयसम्म सेवाग्राहीहरु नागरिकता बनाउन आउने गरेका छन् ।
सेवाग्राहीको चाप बढेपछि प्रहरी खटाउँदा पनि सामाजिक दुरी कायम गराउन हम्मे हम्मे परेको छ । जिल्ला प्रशासन कार्यालयकै पाँच जना कर्मचारीलाई कोरोना संक्रमण भई एक जनाको मृत्यु समेत भएपछि कार्यालयले पालो लगाएर एक दिनमा दुई स्थानिय तहहरुमा सेवाग्राहीको काम संचालनको व्यवस्था मिलाएको थियो ।
सेवाग्राहीहरुको अत्याधिक चाप बढेपछि कोरोना संक्रमणको जोखिम समेत बढेको छ भने भिडले गर्दा कतिपय सेवाग्राही काम नभ्याएर निरास भई फर्कदै गरेका छन् । सेवाग्राहीको भिडभाड जिल्ला प्रशासनमा मात्र होइन् मालपोत, नापी, विद्युत प्राधिकरण, बैंक तथा वित्तिय संस्था लगायतका अन्य कार्यालयमा समेत बढेको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्द ठाकुरले दैनिक तीन सय सम्म नागरिकता बनाउन, एक सय सम्म प्रतिलिपी लिन सक्ने व्यवस्था मिलाएको जानकारी दिएका छन् । यता नागरिकता लिन आउनेहरुले सनाखतका लागि समेत मानिस लिएर आउने हुँदा भिडभाड बढेको उनको कथन छ ।
उनले कोरोनाको जोखिमप्रति प्रशासन सचेत र सजग रहेको भन्दै बिहानैदेखी लाइनमा बस्ने सेवाग्राहीलाई भौतिक दुरी कायम र मास्क÷सेनिटाइजरको प्रयोग गर्न निरन्तर आग्रह गरिरहनु परेको सुनाए । उनले यस्तो भिडभाड घटाउने विभिन्न उपायको खोजीमा लागेको र एक दुई दिनमै केही निकास निस्किने बताए ।
यसअघि जिल्ला प्रशासन कार्यालय सप्तरीले कोरोना संक्रमणको वर्तमान अवस्थालाई दृष्टिगत गरी सेवाग्राही स्वयंको स्वास्थ्य सुरक्षा समेतका अभिप्रायले जिल्लास्थित पालिका, वडा कार्यालयहरुले आवश्यकता एवं औचित्यका आधारमा मात्र सिफारिस गरी सेवाग्राहीलाई पठाउन अनुरोध समेत गरेको थियो ।
सो कार्यालयले असोज ९ गते जारी गरेको सूचनामा आईतवार शम्भुनाथ, सुरुङ्गा र डाकनेश्वरी नगरपालिका, सोमवार रुपनी गाउँपालिका, खडक नगरपालिका र तिरहुत गाउँपालिका, मंगलवार हनुमाननगर कंकालिनी नगरपालिका र महदेवा गाउँपालिका, वुधवार तिलाठि कोईलाडि र छिन्नमस्ता गाउँपालिका, विहिवार राजविराज नगरपालिका र राजगढ गाउँपालिका तथा शुक्रवार अग्निसाईर कृष्णासवरण र विष्णुपुर गाउँपालिकाको कार्य सम्पादन गरिने उल्लेख छ ।
यता सप्तकोशी र कञ्चनरुप नगरपालिकाको इलाका प्रशासन कार्यालय कञ्चनपुर तथा वोदेवरसाईन नगरपालिका र वलान विहुल गाउँपालिकाको काम इलाका प्रशासन कार्यालय वोदेवरसाईनबाट नै भईरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ