News Category 2077/06/22
गस्ति टोली चढेको वनको गाडीमाथी तस्करको आक्रमण, २८ थान काठ बरामद
दैनिक समाचारदाता
राजविराज, २१ असोज ।
सप्तरीमा विगत केही दिन देखी वन क्षेत्रमा काठ तस्करहरुको रजाई भएको छ । तस्करहरुले मध्य रातमा वन क्षेत्रस्थित विभिन्न रुखहरु कठान गर्दै आइरहेका छन् । यसै क्रममा मंगलबार मध्य रातमा जिल्लाको सुरुङ्गा नगरपालिकास्थित उदयपुर–सप्तरी सीमामा रहेको गिद्धे सामुदायिक वन क्षेत्रमा गस्तीमा गएका डिभिजन वन कार्यालय सप्तरीका टोली चढेको गाडीमाथी तस्करहरुले ढुंगामुढा गरि क्षति पु¥याएको छ ।
तस्करहरुले गरेको ढुंगामुढाबाट सहायक वन अधिकृत मनोज कर्ण चढेको बा.१झ. ७६२० नम्बरको गाढीमा क्षति पुगेको छ । यद्दपी त्यसमा सवार टोलीका सदस्यहरुलाई भने सामान्य चोट लागेको छ ।
उक्त सामुदायिक वन क्षेत्रमा तस्करहरुले काठ काटिरहेको सूचनाको आधारमा सहायक वन अधिकृत मनोज कर्णको नेतृत्वमा एक टोली राती २ बजे पुगेको थियो । जंगलमा पुग्दा तस्करहरुले काठ काटिरहेको र वनको टोली देख्ना साथ भागेका थिए ।
डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष झाका अनुसार तस्करहरु अन्ध्यारोको फायदा उठाउँदै भागेपछि काटेको काठ लोड गरि फर्कने क्रममा दमौती जंगल क्षेत्रमा लुकेर बसेका तस्करहरुले गाडीमा ढुंगामुढा गरि आक्रमण गरेका हुन् । ढुंगामुढा गरेर अन्ध्यारोमा भागेका उनीहरुको पहिचान तथा खोजी कार्य जारि रहेको डिभिजन वन कार्यालयका प्रमुख झाले बताए ।
यता टोलीले उक्त वन क्षेत्रमा काटेर लैजान ठिक पारिएको करिब २३ क्युविफिट २८ थान काठ बरामद गरेर ल्याएको उनले जानकारी दिए ।
यसअघि पाँच दिन यता जिल्लाको दौलतपुर तथा बिरेन्द्र बजार वन क्षेत्रमा काठ तस्करीमा संलग्न एक महिलासहित चार जनालाई पक्राउ गरि कारवाही चलाइएको उनले जानकारी दिएका छन् ।
कोरोना महामारीकाबीच जिल्लाको वन क्षेत्रमा तस्करी बढ्न लागेपछि आफ्नो तथा सहायक वन अधिकृतको नेतृत्वमा वन सुरक्षा टोली गठन गरि विगत दश दिनदेखी रातीको समयमा वन क्षेत्रमा नियमित गस्ति थालेको डिभिजन वन कार्यालय प्रमुख झाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ