News Category 2077/06/22
अनुगमनका क्रममा म्याद गुज्रिएको बियरसहित अन्य सामाग्रि नष्ट
दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
कोरोना महामारीका कारण लामो समयपछि पसलहरु खुलेपछि व्यापार व्यवसाय समेत सुचारु भएको छ । यसैबीच ब्यपारीहरुले घाटा पूर्ति गर्ने मनसायले गरिरहेको कालोबजारीका कारण उपभोक्ता ठगिने गुनासो आउन थालेपछि राजविराज बजारका विभिन्न पसलहरुको बिहिवार संयुक्त अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको समन्वयमा खटिएको संयुक्त बजार अनुगमन गरेको छ ।
अनुगमनका क्रममा टोलीले राजबिराज नगरपालिका वडा नम्बर ७ स्थित माँ दुर्गे ट्रेडर्समा म्याद गुज्रिएका वियर फेला पारेको छ । पसलमा ग्राहकलाई बिक्री गर्न रेफ्रिजरेटरमा राखिएको अबस्थामा किंगफिसर वियर १३ थान, टुवर्ग वियर ७ थान टुवर्ग क्यान वियर ८ थान जफत गरि नष्ट गरिएको छ ।
नष्ट गरिएका वियरहरु तीन महिनादेखि एक बर्ष पहिले नै म्याद गुज्रिसकेको अनुगमन टोलीका सदस्य खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिए ।
अनुगमनलाई निरन्तरता दिदै दोस्रो दिनपनि राजबिराज बजारका एक दर्जन पसलहरुको अनुगमन गरेको छ । अनुगमन क्रममा पसलहरुमा उपभोक्ताले प्रष्ट हेर्ने मूल्य सूची र साईनबोर्ड, म्याद गुज्रिएका सामग्री, कोराना संक्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था, साबुन पानी, सेनिटाइजर, ग्लोब्ससहित कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्यवस्तु खरिद बिक्री गर्न, सरल र सहज रुपमा उपभोक्ताले उपभोग गर्न पाउने उद्देश्यले राजविराज बजारका पसलहरुको अनुगमन गरिएको टोलीका संयोजक जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले जानकारी दिए ।
राजबिराज बजारका पूजा किराना स्टोर, नागमणि किराना पसल, लाल ट्रेडर्स, इब्राहिम स्टोर, हक जनरल स्टोर, कोकाई साह गोपाल प्रसाद साह ट्रेड, मा दुर्गे ट्रेडर्स, मदिना फ्रुट एण्ड जनरल स्टोर, नुर फ्रुट एण्ड जनरल स्टोर, गुलाब स्टोर्स, हुमा स्टोर एण्ड सप्लायर्स लगायतको पसलहरुमा अनुगमन गरिएको छ ।
अनुगनका क्रममा बजारका पसलहरुबाट जफत भएको म्याद गुज्रिएका बि एम सि मसाला, कासमिरी मिर्च, पान मसाला, खानेतेल, राजनिवास, गहुँको पिठो, वियर नष्ट गरिएको उपभोक्ता अधिकार मञ्चका सप्तरी अध्यक्ष राजकुमार गुप्ताले जानकारी दिए ।
संयुक्त अनुगमन टोलीमा राजबिराज नगरपालिका को सदस्य सीता देवी मण्डल, सप्तरी उद्योग बाणिज्य संघका सचिव गौरी शंकर साह, उपभोक्ता अधिकार मञ्चका सप्तरी अध्यक्ष राजकुमार गुप्ता, न्यायिक संरक्षण मंचका राम कुमार यादव, घरेलु तथा साना उद्योग कार्यालयका नेत्र बास्तोला, भास्कर पाण्डे, सञ्चाकर्मी, प्रहरी लगायतको उपस्थितिमा भएको थियोे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ