News Category 2071/02/08
“प्रहरीले झर्को नमानी जनतास“ग हातोमाले गरेर सेवा प्रदान गर्नुपर्छ”
दैनिक संवाददाता
राजविराज, ७ जेठ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले समयको माग अनुसार प्रहरी पनि आफूमा परिवर्तन भई झर्को नमानी जनतासँग हातोमाले गरेर सेवा प्रदान गर्नु पर्ने आजको आवश्यक्ता रहेको बताउनु भएको छ ।
मुस्कानसहितको प्रहरी सेवा दुई दिने अनुशिक्षण तालिमको उद्घाटन गर्दै प्रजिअ यादवले प्रहरीले जनताको सःुख दुःखका साथी हुन्, उनीहरुले जहिले पनि जनतामाँझ साथीभाईसँग गरिने व्यवहार जस्तै व्यवहार गर्नुपर्ने धारणा राख्नु भयो । प्रहरी र जनताबीचको सम्बन्ध पूर्ण रुपले मैत्रीपूर्ण, सद्भाव र व्यवहारिक हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले प्रहरीले कुनै पनि काम गर्दा झर्को नमानि जनताको कुरा बुझ्नु पर्ने बताउँदै जनतालाई खुशी पार्न सकियो भने अनि मात्र प्रहरीको उचित मूल्याङ्कन हुने धारणा व्यक्त गर्नुभयो । उहाँले प्रहरी आफ्नो काम कर्तव्यलाई ध्यानमा राखि जनतासँग कुनै रिस आवेस नराखि जहिले पनि मुस्कानका साथ प्रस्तुत हुन निर्देशन दिनुभयो । प्रहरी जनताको सेवा गर्न चौबिसै घण्टा तयार रहिआएको भन्नुहुँदै उहाँले ड्युटिमा रहेका प्रहरीहरुले जनतासँग जहिले पनि मित्रताको भावना राख्नु पर्ने उल्लेख गर्नुभयो ।
सोही कार्यक्रममा सगरमाथा अंचलका प्रहरी वरिष्ठ उपरिक्षक श्याम बहादुर खत्रीले प्रहरीको सेवा भनेकै जनतालाई जुनसुकै बेला पनि आवश्यक सेवा प्रदान गर्नु हो भन्नुहुँदै एउटा मित्रले जसरी अर्को मित्रसँग व्यवहार गर्छ त्यसरी नै प्रहरीले पनि जनतासँग व्यवहार गर्नुपर्ने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरिक्षक युव कुमर खत्री, संचारकर्मी तथा प्रहरी अधिकृत, सहायक अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबारदेखी दुई दिनसम्म संचालन हुने उक्त तालिममा तीन दर्जन बढी प्रहरी अधिकृत, सहायक अधिकृत तथा जवानहरुको सहभागिता रहेको छ । बुधबारै सप्तरीको विभिन्न इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरुमा सो तालिम सुरु भएको प्रहरी उपरिक्षक अमात्यले जानकारी दिनुभयो । जिल्लाको विभिन्न प्रहरी चौकी तथा इलाका प्रहरीमा सुरु भएको तालिममा प्रहरी अधिकृत तथा सहायक अधिकृतहरुले तालिम दिने उहाँले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ