News Category 2077/06/24

सप्तरीका डिएसपीसहित पाँच जना कोरोना संक्रमित

दैनिक समाचारदाता

सप्तरीका डिएसपीसहित पाँच जना कोरोना संक्रमित

दैनिक समाचारदाता
राजविराज, २३ असोज । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपीसहित पाँच जनामा शुक्रबार कोभिड १९ संक्रमण पुष्टि भएको छ ।     
    अघिल्लो दिन पिसिआर परिक्षणका लागि स्वाव दिएका डिएसपीको शुक्रबार रिपोर्ट पोजेटिभ आएको हो । डिएसपीले परिक्षणसँगै आफू होमआइसोलेशनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । 
    यसअघि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक र तत्कालिन डिएसपीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । यद्दपी दुबै जना कोरोना मुक्त भई आ–आफ्नो कार्यक्षेत्रमा खटिएका छन् । 
    यस्तै शुक्रबारै राजविराज नगरपालिकाका एक महिला र दुई पुरुष तथा सुरुङ्गा नगरपालिकाका एक पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । 
    योसँगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ र संक्रमतिको संख्या १ हजार ३ सय ६१ पुगेको छ । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट