News Category 2077/06/26
कोरोना संक्रमित एक महिलाको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
सप्तरीमा थप एक महिलाको आइतबार कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. ७ घर भइ हाल राजविराज नगरपालिका वडा नं. ६ मा बस्ने ६५ वर्षिया ती महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
उच्च ज्वरो आएपछि असोज २० गते उनको स्वाव परिक्षणबाट कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिईन । मृतकको शवको आइतवारै सेनाले सप्तकोशी किनारमा व्यवस्थापन गरेको छ ।
मधुमेह, उच्च रक्तचापलगायतका समस्यवाट समेत पीडित रहेकी उनलाई आइतबार बिहान स्वासप्रश्वासमा समस्या देखिएपछि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका लगि भर्ना गरिएको थियो । सोही अस्पतालमा उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । यस्तै जिल्लामा हालसम्म १ हजार ३ सय ८८ जना कोरोना संक्रमित छन् भने १ हजार १ सय १२ जना निको भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ