News Category 2077/06/27
कोरोनाबाट जनप्रतिनिधीको मृत्यु

दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
कोरोना संक्रमणबाट आईतवार राती एक जनप्रतिनिधीको मृत्यु भएको छ ।
सप्तरीको तिरहुत गाँउपालिका वडा नं. ३ का वडा सदस्य ४५ वर्षिय देवनारायण मण्डलको चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
उनको शव गृह जिल्लामा ल्याई सोमवार विहान सप्तकोशी नदी किनारमा व्यवस्थापन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
ब्लड क्यासन्सर रोगले पीडित भई उपचारका लागी भरतपुर क्यान्सर अस्पताल पु¥याइएका उनको स्वाव परिक्षण गर्दा कोरोना संक्रमण समेत पुष्टी भएको थियो । आईशोलेशनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको हो ।
नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित मण्डलको निधनको खबरले आफुहरु स्तब्ध र मर्महत भएको सोमवार नेपाली काँग्रेस सप्तरीका सभापती दिनेश कुमार यादवद्वारा जारी शोक विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उनको निधनले पार्टीलाई अपुर्णिय क्षती भएको उल्लेख गर्दै विज्ञप्ती मार्फत हार्दिक समवेदना तथा शोक सन्तप्त परिवारलाई धैर्य धारणा गर्ने शक्ती मिलोस् भनि कामना ब्यक्त गरिएको छ । यो संगै सप्तरीमा कोरोनाबाट ज्यान गुमानउनेको संख्या २१ पुगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ