News Category 2077/06/27

केन्द्र सरकारले स्वास्थ्य क्षेत्रमा स्वायत्त  दिएको छैन ः प्रदेश मन्त्री साह

दैनिक समाचारदाता

केन्द्र सरकारले स्वास्थ्य क्षेत्रमा स्वायत्त  दिएको छैन ः प्रदेश मन्त्री साह

दैनिक समाचारदाता
राजविराज, २७ असोज । 
    प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले केन्द्र सरकारले स्वास्थ्य क्षेत्रमा पनि प्रदेशलाई पूर्ण स्वायत्त नराखेको कारण बजेटको समस्या भएको आरोप लगाएका छन् । 
    जिल्ला स्वास्थ्य कार्यालय सप्तरीद्वारा मंगलबार आयोजित दुई दिने वार्षिक समिक्षा गोष्ठिको उद्घाटन गर्दै उनले संघीय सरकारकै कारण प्रदेशको नीति निर्माणमा समेत प्रभाव पारेको बताए । 
    विश्वमा संघीयता भएका मुलुकले स्वास्थ्य क्षेत्रलाई प्रदेश मातहत स्वायत छोडेको भएपनि नेपालमा अझैं त्यस्तो नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । 
    केन्द्रले दिने सीमित बजेटले मात्र नपुग्ने भन्दै उनले प्रदेश सरकारले क्षमताले भ्याएसम्म स्वास्थ्य क्षेत्रमा कामगरिरहेको र यस क्रममा प्रदेशमा रहेका केन्द्र मातहतका स्वास्थ्य संस्थाहरुलाई समेत सहयोग गरिरहेको उनले बताए । 
    सबै प्रदेशलाई बराबर बजेट बाडेर जनसंख्याको अनुपातलाई उपेक्षा गरिएको भन्दै उनले यसले सिधा प्रभाव प्रदेश २ मा परेको जिकिर गरे । उनले विगतमा पंचायति व्यवस्था तथा संसदीय व्यवस्थाकालमा मधेशका जनतासँग गरिएको विभेद अहिले संघीय व्यवस्थामा समेत कायमै रहनु दुःखद भएको भन्दै आफूहरु अहिले पनि संघर्षमै रहेको बताए । 
    सीमित साधान श्रोत र कोरोना जोखिमका बाबजुद यहाँका स्वास्थ्यकर्मीहरुले देखाएको सक्रियता प्रसंशनीय रहेको भन्दै मन्त्री साहले स्वास्थ्यकर्मीहरु प्रति धन्यवाद समेत व्यक्त गरेका थिए । 
    कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले स्वास्थ्यसेवा प्रदान गर्ने क्रममा भइरहेको समस्या, उपकरणहरुको अभावसहित आर्थिक वर्ष २०७६÷७७ मा गरिएको स्वास्थ्य गतिविधि तथा भावी कार्यक्रम बारे जानकारी गराएका थिए । 
    दुई दिनसम्म चल्ने कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय मातहतका १८ वटै स्थानिय तहमा कार्यरत स्वास्थ्यकर्मी र सरोकारवालाको सहभागिता रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट