News Category 2077/06/29
तस्करद्वारा प्रहरीमाथी आक्रमण, प्रहरीद्वारा चार राउण्ड हवाई फायर, दुई प्रहरी घाइते

दैनिक समाचारदाता
राजविराज, २८ असोज ।
सप्तरीमा मंगलबारराती प्रहरी र तस्कर समूहबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । सोही क्रममा तस्करको आक्रमणबाट दुई जना प्रहरी घाइते भएका छन् ।
राजविराज नगरपालिका १३ मुसहरनियाँ सडकखण्डमा मंगलबार राती तस्बरहरुले भन्सार छलेर चार÷पाँच वटा मोटरसाइकलमा लोड गरि ल्याउँदै गरेको सरसामान नियन्त्रणमा तथा तस्करहरुलाई ८पक्राउ गर्न खोज्दा तस्कर समूह र प्रहरीबीच झडप भएको हो ।
मुसहरनियाँस्थित नहर सडकखण्ड हुँदै भारतबाट भन्सार छलेर तस्करहरुले विभिन्न सामाग्रि भित्राउने गरेको सूचना प्रहरीलाई प्राप्त भएपछि प्रहरीले सो क्षेत्रमा निगरानी बढाएको थियो ।
सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाका अनुसार प्रहरीले पक्राउ गरेका सात÷आठ जना तस्करहरुलाई छुटाउन स्थानिय केही व्यक्ति समेत मिलेर प्रहरीमाथी घरेलु हतियारले आक्रमण सुरु गरेका थिए । सो क्रममा प्रहरी हवलदार कमलदेव यादव र प्रहरी जवान दिपेन्द्र साह घाइते भएका छन् । दुबैको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीमाथी आक्रमण हुन थालेपछि जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मी पठाइएको र सुरक्षाका लागि चार राउण्ड हवाई फायर गरिएपछि तस्करहरु फरार भएको प्रहरी उपरिक्षक धमलाले बताए ।
घटनास्थलबाट प्रहरीले तस्करहरुले प्रयोग गरेका मध्येका एक जनाको मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेका तस्करलाई छाडिदिन जम्मा भएका स्थानियले चर्को दबाब दिएका थिए । तर प्रहरीले नमानेपछि केही स्थानिय र तस्करहरु मिलेर आक्रमण सुरु गरेको प्रहरीको भनाई छ ।
यता प्रहरी उपरिक्षक धमलाले घटनामा संलग्न अपराधिहरुको व्यापक रुपमा खोजिकार्य भइरहेको जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ