News Category 2077/06/30
जिल्ला प्रहरीमा हातधुने स्टेशन जडान स्वास्थ, चौकीमा साबुन पानीले हात धुवाइयो

दैनिक समाचारदाता
राजविराज, २९ असोज ।
विश्व हात धुने दिवसको अवसरमा बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा प्याडलसहितको हातधुने स्टेशन जडान गरिएको छ ।
युनिसेफ प्रदेश कार्यालय जनकपुधामको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको सहजिकरणमा कोरोना महामारीको संक्रमणलाई समेत मध्यनजर गर्दै सो हातधुने स्टेशन जडान गरिएको हो ।
सो स्टेशनको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरिक्षक राजेन्द्र धमलाले हात धोएर उद्घाटन गरे । यसअघि संस्थाले राजविराजस्थित दुबै अदालत, करदाता सेवा कार्यालय लगायतका स्थानमा सो स्टेशन जडान गरिसकेको संस्था अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् ।
यस्तै एसएनभि नेपालको सहयोगमा एवं खडक नगरपालिकाको समन्वयमा सबल नेपालद्वारा वडा नं ७ को स्वास्थय चौकिमा साबुन पानीले हात धुने कार्यक्रमको उद्घाटन गरिएको छ ।
सो अवसरमा खडक नगरपालीकाका नगर प्रमुख हेमायु हकले सहभागि सबै जनालाई “कोरोना महामारीको प्रकोप न्युनीकरण र स्वस्थयकर बानी व्यवहारका लागि जोखिमपुर्ण अवस्थामा साबुनपानीले हात धुने मेरो बाचा” भन्ने प्रतिबद्धतामा हस्ताक्षर गराएका छन् ।
यसैगरी उप्रमुख याशमिन सुल्तान, प्रमुख प्रशासकिय अधिकृत महिनारायण चौधरी, एसएनभि नेपालका कृष्ण जिसी, वडा नं ७ का वडा अध्यक्ष राकेश साह, स्वास्थ शाखा प्रमुख जयकान्त पण्डित, नेपाली सेना, ईलाका प्रहरी कार्यालय लगायतका प्रतिनिधीहरु तथा स्थानीय समुदायको उपस्थिति रहेको थियो ।
देश भरी यसपाली अक्टोबर महिनाभरी “हातको सरसफाइ सबैको लागि साबुनपानी सधै साथ साथ“ भन्ने नाराका साथ साबुन पानीले हातधुने महाअभियान संचालन गरिरहेको सबल नेपालका प्रमेश्वर झाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ