News Category 2077/06/30
सप्तरीमा म्याद नाघेको वियर, चिसो पेय पदार्थ र खाद्य बस्तु नष्ट गरिँदै
दैनिक समाचारदाता
राजविराज, २९ असोज ।
अहिले सप्तरीको बजारमा म्याद गुज्रेका वियर, चिसो पेय पदार्थ र खाद्य बस्तुको बिक्रि बढेसँगै अनुगमन टोलीको निगरानी समेत बढेको छ ।
बजारमा खुलेआम अखाद्य बस्तु बिक्रि बितरण भइरहेको गुनासो आएपछि संयुक्त बजार अनुगमन टोलीले केही दिन यता थालेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका तथा अखाद्य बस्तु फेला पार्दै नष्ट गर्दैछ ।
जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले बजारका विभिन्न होटल, किराना र मदिरा पसललाई लक्षित गरि अनुगमनलाई तिब्र बनाएको हो ।
सो क्रममा म्याद गुज्रेका र भन्सार छलेर भारतबाट ल्याइएका खाने तेल, खाद्य सामाग्रि, खैनी बिडी, चिप्सका साथै स्प्राइट, फेन्टा, टुबर्ग र किंगफिसर ब्राण्डका बियरसहित ठूलो परिमाणमा अखाद्य बस्तु तथा खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको टोलीमा सहभागि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेश सिंहले बताए ।
सात दिनको अवधीमा मात्रै करीब १५ लाख मुल्य बराबरको म्याद गुज्रिएका तथा अखाद्य बस्तु नियन्त्रणमा लिई नष्ट गरिएको उनको भनाई छ । अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य बस्तुले स्वास्थ्यमा पार्ने गम्भिर असरबारे पसलेलाई सम्झाउनुका साथै पसलमा मुल्य सूची चुस्त, दुरुस्त राख्न, खाद्यान्न प्याक गर्दा मुल्य र उपभोक्ता मिति राखेर मात्र बिक्रि गर्ने लगायतका निर्देशन समेत दिने गरिएको छ ।
केही पसलेले उपभोग्य बस्तुको मनपरी मुल्य कायम गरि म्याद सकिएको सामान पनि बिक्रि बितरण गरिरहेको सूचना आएपछि पहिलो चरणमा जिल्ला भित्र रहेका मदिरा, किराना र होटललाई लक्षित गरि अनुमगन थालिएको र दोश्रो चारणमा यी बाहेकका अन्य पसलमा समेत अनुगमन गरिने तयारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
संयुक्त अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, उद्योग बाणिज्य संघ, उपभोक्ता मञ्चलगायतका संघ संस्थाका प्रतिनिधि र संचारकर्मी समेत सहभागि छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ