News Category 2071/02/10
भाडावालहरु शुद्ध खानेपानी, बिजुली बत्ति, चर्पी लगायतका सुविधाबाट बञ्चित
अमिर नारायण यादव
राजविराज, ९ जेठ ।
राजविराज नगरपालिकाले आफ्नै स्वामित्वमा निर्माण गरेको गिलेशन भाडामा लगाई लाखौ रकम असुल उपर गरिरहे पनि उक्त भाडावालहरुलाई शुद्ध खानेपानी, चर्पी लगायत अतिआवश्यक सुविधा दिने व्यवस्था गर्न सकिरहेको छैन ।
लाखौं रकम वाहालबाट उठाएपनि सोही रकमबाट शौचालय, खानेपानी व्यवस्थापन गर्न नसक्नुले नगरपालिकामाथी आफैमा थप प्रश्न उठेको छ । नगरपालिकाको स्वामित्वमा दुई वर्ष पहिला कार्यालयको दक्षिण पट्टी निर्माण भएको सटर वाहालमा दिए पनि उक्त घर प्रयोगकर्तालाई कार्यालयले हालसम्म खानेपानी, बिजुली, चर्पी समेत उपलब्ध गराउन सकिराखेको छैन् ।
दुई वर्ष अघि मात्र निर्माण भएको उक्त भवनको पर्खाल ठाऊ ठाऊमा चर्कन थालेको छ । त्यसैगरि तीन दशक अघि निर्माण भएको लेखनाथ पुस्तकालयसँग जोडिएको गिलेशनको अवस्था पनि त्यस भन्दा पनि जरजर रहेको छ । ती गिलेशनहरु मर्मतको अभावमा खण्डहरमा परिणत हुँदै गएको छ भने भौतिक सम्पूर्ण सुविधाबाट समेत बञ्चित भएको छ । त्यसतर्फ राजविराज नगरपालिको ध्यान जान सकेको छैन् ।
यस्तै सडक पेटीमा व्यवसायी गर्दै आएका फुटपाथ पसल, कटघारा लगायतका सामग्रीहरु नगरपालिकाको हटाउने कार्य हाल लथालिङ्ग अवस्थामा रहेको छ । ती पसलहरु हटाए पनि पुनः उनीहरु सोही स्थानमा बस्न थालेका छन् । केही मात्रामा उक्त छाप्रो हटाएपनि केही ठाउँमा त्यसै छाडिएको छ । त्यसमा राजविराज नगरपालिकाको आफ्नै स्वार्थ हुन सक्ने स्थानीयहरु बताउँछन् ।
अर्काले गरी खाने झुप्रो हटाउने अनि आफ्नो कार्यालय भित्र कर्मचारीहरुलाई टहरा बनाई राख्ने यो कार्यप्रति नगरपालिकासँग कसले जवाफ माग्ने ? नगरपालिकाको वरिपरि निर्माण भएको लगभग ३० वटा गिलेशन प्रयोगकर्ताले दिशा, पिसाब गर्न अत्यन्त कठिनाइ भइरहेको सोही गिलेशन प्रयोगकर्ता रामनारायण ठाकुरले जानकारी दिनुभयो ।
सो स्थानमा एउटा पनि शौचालय रहेको छैन् भने खानेपानी, विजुलीबत्ती लगायतको सुविधा समेतबाट बञ्चित भइरहेका छन् त्यहाका सेवाग्रहीहरु । उनीहरु लगायत राजविराज कामको लागी आउने मानिसहरु समेत खुल्ला दिशापिसाब गर्न बाध्य बनेका छन् ।
यता राजविराज नगरपालिकाका कार्यकारी अधिकृत बिष्णु प्रसाद गुरुङ्गले नगरपालिकालाई व्यवस्थित गर्न लागिपरेको हुँदा यी समस्याहरुलाई पनि क्रमगत तरिकाले सुधार गर्दै जाने बताउनुभयो ।
धार्मिक स्थलको रुपमा रहेको भगवती मन्दिर पछाडी रहेको पोखरीको चारैतिर तथा रंगशालामा दिशा पिसाब गर्न उनीहरु बाध्य छन् । तसर्थ यस्ता कुराहरुलाई नगरपालिकाले गम्भिरता पूर्वक मनन् गरि तत्कालै सुधार्न लाग्नुपर्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ