News Category 2077/07/02
कोरोनाबाट प्रभावित अतिबिपन्न २ सय ५२ परिवारलाई राहत बितरण

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
कोरोना भाइरसको महामारीका कारण खाना खान समस्यामा रहेको २ सय ५२ जना गरिब अतिबिपन्न परिवारलाई आइतबार खाद्यन्न सामग्री बितरण गरिएको छ ।
सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको साँझेदारीमा राजविराजमा आइतबार जिल्लाको बिष्णुपुर गाउँपालिका ६ मा ४३ जना परिवार, छिननमस्ता गाउँपालिका वडा नं. ७ का ८३ जना परिवार र राजविराज नगरपालिका वडा नं. १४ का १ सय २६ जना परिवारलाई सो राहत बितरण गरिएको हो ।
सेभ द सप्तरीका कृषि प्राविधिक राम कुमार साहले कोभिन्ड १९ का कारण खाना खान समस्यामा रहेको उनीहरुलाई १५ केजी पिठो, ७५ केजी चामल, १० केजी मुसरोका दाल, ५ लिटर खाने तेल, ६ प्याकेट नुन, ५ थानका दरले नुहाउने साबुन, ५ थान कपडा धुने साबुन लगायतका खाद्यन्न समाग्री बितरण गरिएको जानकारी दिएका छन् ।
प्रति परिवार रु ८ हजार ६ सय २५ रुपैयाका दरले २ सय ५२ जनालाई करिब २१ लाख ६३ हजार ५ सय मुल्य बराबरको खाद्यान्न बितरण गरिएको सेभ द सप्तरीले जनाएको छ ।
त्यस्तै सोही कार्यक्रममा २ सय ६५ जना बालबालिकाहरुलाई एजुकेशनल किट समेत बितरण गरिएको छ । सो क्रममा प्रत्येकलाई ब्याग १ थान, स्टेशनरी समान, बिद्यालयका पोसाक लगायतका समानहरु बितरण गरिएको छ ।
सो राहत बितरण कार्यक्रममा सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक अरुण महतो, जिविको उपार्जन कार्यक्रमका संयोजक इन्द्र हायु, सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव, कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी, फिल्ड अधिकृत सत्यनारायण थारु, बिद्या मण्डल, सुपरभाइजर मनिता घिमिरे, भुपेन्द्र सदा लगायतका उपस्थिति रहेको थियो ।
यसअघि शनिवार पनि बिष्णुपुर गाउँपालिका ६ रंजितपुरका ४३ जना गरिब तथा अतिबिपन्न परिवारलाई पनि राहत बितरण गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ