News Category 2077/07/02
ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
सप्तरी प्रहरीले पहिलो पटक लागु औषध ब्राउन सुगरसहित दुई कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ७ का २७ वर्षिय भरत शर्मा र १९ वर्षिय निरज शर्मा छन् । नातामा उनीहरु दाजुभाई हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार बिहान पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेकाहरुका साथबाट ५० ग्राम ब्राउन सुगर बरामद गरिएको जानकारी दिएको छ ।
ब्राउन सुगरको कारोबार गर्दै आएका शर्मा दाजुभाईलाई शनिबार साँझ जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ स्थित बकधुवा–महदेवा सडकखण्डबाट इलाका प्रहरी कार्यालय कंचनपुरको टोलीले पक्राउ गरेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।
बिशेष सुचनाको आधारमा स.७प. १८६५ नम्बरको मोटरसाइकल चढेर महुलीतर्फ आउँदै गर्दा इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक नरेश कुमार सिंहको नेतृत्वमा खटिएको टोलीले चेकजाचको क्रममा दुबैजनालाई पक्राउ गरेको प्रहरी उपरिक्षक धमलाले बताए ।
शर्मा दाजुभाईको साथबाट कालो प्लाष्टिकको ५ वटा पातलो झोलामा प्याक गरि राखिएको १०÷१० ग्राम गरि कुल ५० ग्राम ब्राउन सुगर, दुई थान मोबाइल र नगद ६ हजार ९ सय रुँपैया बरामद गरेको छ । बरामद ब्राउन सुगरको ४ लाख भन्दा बढी मुल्य पर्ने अनुमान गरिएको छ ।
यता पक्राउ परेका शर्मा दाजुभाईले आफूहरु विगत एक वर्षदेखी सो कारोबारमा लागेको बयान दिएका छन् । प्रहरीका अनुसार शर्मा दाजुभाईले भारत बिहार राज्यको सिपौल जिल्ला निवासी सुशान्त भन्ने व्यक्तिबाट ब्राउन सुगर खरीद गरि ल्याउने र नेपालको सुनसरी, उदयपुर, पोखरा र काठमाडौं लगायतका स्थानमा सप्लाई गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
प्रहरी उपरिक्षक धमलाले पक्राउ परेका शर्मा दाजुभाईलाई आइतबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई लागुऔषध ऐन २०३३ अनुसार आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जानकारी पनि दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ