News Category 2077/07/07

बलात्कारका केही घटना झुठो भएको खुलासा

दैनिक समाचारदाता

बलात्कारका केही घटना झुठो भएको खुलासा

दैनिक समाचारदाता
राजविराज, ६ कात्तिक । 
    सप्तरीमा बलात्कार जस्तो जघन्य अपराधका घटनाहरु बढ्दै जाँदा बुधबार पुनः एकपछि अर्को घटनाहरु सार्वजनिक भएको छ । 
    सबै घटनाहरु बास्तविक हुन् की होइनन् भन्ने बारे प्रहरीले अनुसन्धान गर्दै जाँदा केही घटनाहरु बास्तविक र केही घटना अन्य व्यक्तिको उक्साहटमा त केही व्यक्तिगत रिसिइबी तथा सामान्य विवादले गर्दा झुठो र कपोकल्पित जाहेरी दिएको सत्यतथ्य सार्वजनिक भएको छ । 
    यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार राजविराज नगरपालिका वडा नं. १२ दमाबतीकी एक जना महिलाले आफूसँग जर्वजस्ती करणीको प्रयास गर्ने पुरुषबिरुद्व किटानी जाहेरी लिएर पुगिन् र सोही जाहेरीको आधारमा प्रहरीले तत्कालै आरोपित पुरुषलाई पक्राउ ग¥यो । तर, पुरुष पक्राउ परेको केहि घण्टाभित्रै जाहेरी दिएकी महिलाले झुठो जाहेरी दिएको खुल्न आएको सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् । 
    सामान्य झैं झगडा भएको बिषयलाई महिलाले जर्वजस्ती करणीसँग जोडेर उजुरी दिएको उनको भनाई छ । प्रहरी उपरिक्षक धमलाका अनुसार घट्नाको अनुसन्धान गर्ने क्रममा महिलाले जुन पुरुषबिरुद्व जर्वजस्ती करणीको आरोप लगाएकी थिइन, त्यो पुरुष घट्ना भएको समयमा घरमै थिएनन् । जवरजस्ती करणीको आरोपमा पक्राउ परेर केहि घण्टा हिरासतमा रहेका शनिश्चर खंगले आफ्नो श्रीमति र राजु खंगकी पत्नीसँग आफ्नो पत्नीको झगडा हुँदा आफूबिरुद्व करणीको आरोप लगाएको बताए ।
    उनका अनुसार गत असोज ३० गते साँझ आफ्नो बुहारीले झाडू लगाइरहेको बखत राजु खंगकी पत्नीले खरानी फ्याँकेपछि झगडा भएको थियो । झगडामा उनीहरुले कुटपिट गर्दा आफ्ना ५ बर्षीय नातीको हात समेत भाँचेको उनको भनाई छ । यता जर्वजस्ती करणीको उजुरी लिएर आउने महिलालाई बोलाएर प्रहरीले सोधपुछ गर्दा उनले स्थानीय केहि व्यक्तिले जर्वजस्ती करणीको उजुरी हाल्न उक्साएको भनी बयान दिएकी छन् ।
    त्यस्तै सप्तरीकै अग्निसाइर कृष्णासावरण गाउँपालिकामा पनि यस्तै घटना सार्वजनिक भएको छ । गाउँपलिकाको वडा नं. २ इटहर्वामा दुई महिलाबीच भएको कुटाकुट घटनाले जर्वजस्ती करणीको प्रयासको घटनामा परिणत भयो । 
    घटना क्रम अनुसार स्थानिय अनिता देवी मण्डल र चन्द्राबतीदेवी मुखिया माछाको व्यापार गर्दै आएकी छन् । असोज २० गते पनि यी दुबै जना माछा बेच्न गाउँकै हाटमा पुगिन् र माछा बेचेर घर फर्किने क्रममा दुबैबीच कुटाकुट भयो । अनिताले चन्द्राबतीको छातीमै दाँतले टोकिन् ।
    सो घटना पश्चात् असोज २२ गते चन्द्राबतीले आफूमाथि कुटपिट गरेको भन्दै गाउँपालिकाको न्यायीक समितिमा निवेदन दर्ता गराइन् । दर्ता गरिएको निवेदनमा भरत मण्डल, उनकी श्रीमति र छोरी मिलेर आफूलाई एक्कासी गालीगलौज गर्दै छातीमा टोकेको र कानमा लगाइएका सुनका गहना लुछाचुड गरी खोसेर लगेको उल्लेख गरेकी छन् । 
    घट्ना प्रहरीसम्म पुग्यो र प्रहरीमा कुटपिट नभई जर्वजस्ती करणीको प्रयास गरेको भन्दै उजुरी प¥यो । गाउँपालिकामा कुटपिट भएको भन्दै निवेदन दिने महिलाले अनिताका पति भरतले आफूसँग जर्वजस्ती करणीको प्रयास गरेको भन्दै असोज २४ मा इलाका प्रहरी कार्यालय कंचनपुरमा उजुरी दर्ता गराइन् । जर्वजस्ती करणी प्रयासको उजुरी दर्ता गराएपछि प्रहरीले भरतलाई पक्राउ ग¥यो । प्रहरीले पक्राउ परेका भरतलाई असोज २७ गते अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप समेत गरायो । 
    यस सम्बन्धमा जिल्ला प्रहरी प्रम्ुख धमलाले जिल्लामा जाहेरी आइसकेपछि इलाका प्रहरी कार्यालय कंचनपुरलाई अनुसन्धान गर्ने जिम्मा दिइएको जानकारी दिए । उनले भने ‘कंचनपुरले उजुरी दर्ता गरेको छ भने बुझेरै गरेको होला’ धमलाले भने, “गाउँपालिकामा निवेदन दर्ता भएको छ भने पछि उसको पक्षमा काम लाग्छ र जाहेरबालालाई नै कार्वाही हुन्छ ।”
    यस्तै जिल्लाको महदेवा गाउँपालिका वडा नं ३ बथनाहामा भदौं १ गते एक १० बर्षीया बालिकाको बलात्कारको घटना सार्वजनिक भएको छ । गाउँकै काका नाता पर्ने ४० बर्षीया रामसुनर सरदारले बालिकालाई राति ९ बजे खेतमा लगी बलात्कार गरे जनाइएको छ । घट्नापछि फरार भएका सरदारलाई भदौं १० गते प्रहरीले पक्राउ गरी जर्वजस्ती करणी उद्योगमा मुद्दा दायर गरेको छ ।
    घट्नापछि जर्वजस्ती करणीमा संलग्नकी पत्नीले ती बालिकाका पिता र काकाले एकै पटक आफूलाई बलात्कारका प्रयास गरेको आरोप लगाएकी छन् । यता बालिकासँग बलात्कार गरेका रामसुनरलाई थुनामुक्त बनाउन उनकी पत्नीसहित गाउँका अगुवाले धेरै पटक बयान फेर्न दवाव दिएको बालिकाकी आमाले बताएकी छन् । 
    पीडित बालिकाको आमाका अनुसार गत असोज ३० गते थुनामा रहेकाकी पत्नीले आफ्नो जग्गामा टाटी लगाउन आएको बेला श्रीमान्ले रोक्दा उनले आफैं कपडा च्यातेर बलात्कारको प्रयास गरेको भन्दै हल्ला गरेकी थिइन् । यसपछि प्रहरी चौकी डिमनमा गएर मौखिक जानकारी गराउँदा प्रहरीले आफ्ना श्रीमान् र देबरलाई बलात्कार आरोपमा पक्राउ गरेको उनले बताइन् ।
    बालिकाकी आमा अनुसार अहिले पनि गाउँका सबै अगुवाले आफूलाइृ बयान फेर्न दवाव दिने गरेका छन् । यता वडा अध्यक्ष यादवले भने यो घट्नाबारे आफूलाई जानकारी नभएको बताउँछन् । 
    घटना सम्बन्धमा जिल्ला प्रहरी प्रमुख धमलाले यो घट्नामा पनि कंचनपुरले नै अनुसन्धान गरिरहेको बताए । उनले भने, “यदी पक्राउ परेकाहरु निर्दाेष छन् भने उनीहरु छुटछन्’ 

प्रतिकृया दिनुहोस

ताजा अपडेट