News Category 2071/02/12
कञ्चनरुप नगरपालिकामा केन्द्र राख्ने बिषयमा बिवाद
दैनिक संवाददाता
राजविराज, ११ जेठ ।
सरकारले घोषणा गरेको सप्तरीको दुई वटा नयाँ नगरपालिका मध्ये एउटा नगरपालिकामा केन्द्र स्थापनाको बिषयलाई लिएर बिवाद उत्पन्न भएको छ ।
सरकारद्वारा घोषित सप्तरीको कञ्चनरुप नगरपालिकाको केन्द्र कञ्चनपुरमा राखिएको भन्दै स्थानियबासीहरुले बिरोध जनाएका छन् ।
नवघोषित कञ्चनरुप नगरपालिका अन्तर्गतको रुपनगर, घोघनपुर, ठेलिया लगायतका स्थानियबासीहरुले आइतबार राजविराजमा पत्रकार सम्मेलन गरी नगरपालिकाको केन्द्र राख्न रुपनगरमा भौतिक पुर्वाधार र श्रोत साधनहरु हुँदा हुँदै पनि सरकारले कञ्चनपुर बेरियरलाई केन्द्र स्थापना गरेको भन्दै बिरोध जनाएका छन् ।
कञ्चनपुर बेरियरमा नत भवन छ, नत कार्यालय स्थापना गर्न प्रर्याप्त जग्गा नै छैन्, रुपनगर गाविसका निवर्तमान अध्यक्ष लेखनाथ श्रेष्ठले भन्नुभयो–‘‘ रुपनगरमा प्रर्याप्त जग्गा पनि छ, कार्यालय भवन रुप पनि छ त्यसैले रुपनगरमा नगरपालिकाको केन्द्र राखिनुपर्छ ।” ब्यवहारिक र सुबिधाको दृष्टिकोणले समेत रुपनगरमा नगरपालिकाको केन्द्र राखिदाँ उपयुक्त हुने उहाँको कथन थियो ।
नगरपालिकाको केन्द्र कञ्चनपुरमा राखिदाँ ५ करोड भन्दा बढी रकम खर्चिनुपर्ने अवस्था रहेको बताउँनुहुँदै रुपनगरका स्थानियबासी तथा नेपाली काँग्रेस क्षेत्र नम्बर १ का महाधिबेशन प्रतिनिधी जित बहादुर श्रेष्ठले अव्यवहारिक हिसाबले कञ्चनपुरमा नगरपालिकाको केन्द्र राखिएको र कोठे राजनीतिकको आधारमा नगरपालिकाको वडा बिभाजन गरिएको प्रति आफुहरु असन्तुष्ट रहेको जिकिर गर्नुभयो ।
सबैपक्षसँग छलफल गरेर मात्र नगरपालिकाको केन्द्र कहाँ राखिनुपर्दथ्यो उहाँले भन्नुभयो–‘‘ त्यसको नगरि केही मान्छेहरुको इसारामा एकहोरो ढंगले कञ्चनपुरमा केन्द्र राखिएकोले त्यसलार्य सच्याउनु जरुरी छ ।”
प्रहरी कार्यालय, बिद्यालय, मिश्रित समुदाय, पानी जम्ने भुमि र उत्तरमा हरियाली वन जंगल देखिने रमणीय स्थल लगायतकाका कारणले रुपनगरमा नगरपालिकाको केन्द्र स्थापनाको उपयुक्त ठाउँ भएपनि त्यहाँ केन्द्र नराखेर कुनै भौतिक पुर्वाधार र श्रोत साधन नभएको कञ्चनपुर बेरियरमा केन्द्र स्थापना गर्नु उपयुक्त नभएको श्रेष्ठको कथन थियो ।
राजनीतिक दल, स्थानिय प्रशासन लगायत सबै पक्षले अनुगमन गरी नगरपालिकाको केन्द्र उपयुक्त स्थानमा राख्ने बिषयमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराईसकेको जित बहादुर श्रेष्ठले बताउनुभयो ।
कंचनरुप नगरपालिकाको कार्यालय दुई दिनअघि मात्र उद्घाटन भएको थियो । नयाँ घोषित सप्तरीको कञ्चनरुप नगरपालिकामा शम्भु कुमार साहलाई कार्यकारी अधिकृतको रुपमा पठाइएको छ भने शम्भुनाथ नगरपालिकामा भागवत यादवलाई कार्यकारी अधिकृतको रुपमा पठाइएको छ ।
मुलुककै सबैभन्दा बढी ११४ गाविस रहेको सप्तरीका १५ गाविस नगरपालिकामा परिणत भएपछि जिल्लामा ९९ गाविस बाँकी रहेको छ । कञ्चनरुप नगरपालिकामा ४८ सय ६ सय ९१ जनसंख्या रहेको छ भने शम्भुनाथ नगरपालिकामा ३० हजार २ सय ७ जनसंख्या रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/01 शिक्षकहरुको आन्दोलनमा काँग्रेस सप्तरीको ऐक्यबद्धता, माग पुरा गर्न सरकारसँग आग्रह
- 2082/01/01 काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने
- 2082/01/01 एमाले सप्तरी अध्यक्षमा पुनः ताराकान्त चौधरी
- 2082/01/01 न्यायीक समितिको आदेशमा क्लिनिकमा ताल्चा
- 2081/12/30 देशमा गरिबी, असमानता, विभेद कायमै छ ः एमाले उपाध्यक्ष थापा
- 2081/12/30 पहाडी र मधेशीबीच सौहर्दता हुनुपर्छ ः नेता रिजाल
- 2081/12/30 राणा शासन मात्र होइन, राजतन्त्र समाप्तिका लागि महौल बनाउन पनी स्व. निधिको उत्तिकै योगदान ः नेपाल
- 2081/12/29 “अधिवेशनको सम्पूर्ण तयारी पुरा”
- 2081/12/29 “प्याकुरेललाई कारवाहीको माग”
- 2081/12/29 कमिशन लिई योजनाहरु बिक्रि गरेको भन्दै सामाजिक विकास इकाई कार्यालय तालाबन्दी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ