News Category 2077/07/14
बारा घटनाको बिरोधमा जसपा सप्तरीद्वारा राजबिराजमा प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
बाराको कबही गोठमा प्रहरीले गरेको ज्यादतीको घटनाको बिरोधमा जसपा सप्तरी निकट युवा विद्यार्थीहरूद्वारा राजबिराजमा शुक्रबार प्रदर्शन गरेको छ ।
स्थानिय शिव मन्दिरको प्राङ्गणबाट सुरु गरेको ¥यालीले नगरको विभिन्न ठाउमा प्रदर्शन गरेको थियो ।
गत बुधवार बेलुका बारा जिल्लाको स्वर्ण गाउँपालिकास्थित प्रहरी चौकी कवही गोठको नेपाल प्रहरीले ज्यादती गर्दै लाठी र गोली प्रहारबाट स्थानीय रञ्जन कुमार यादवलाई गम्भीर घाईते बनाएको थियो ।
यसैगरी प्रहरीको लाठी प्रहारबाट जनता समाजवादी पार्टी, नेपाल बारा जिल्लाका नेता एवम् तात्कालीन समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष धर्मवीर यादवको टाउकोमा चोट लागी घाइते वनाइएको तथा दर्जनौं व्यक्तिहरुको घाइते भएका थिए ।
भारतीय सीमा क्षेत्र नजिक रहेका स्थानिय नेपालीहरूले घरका निमित्त चाहिने दैनिक खाद्य वस्तु तथा ८÷१० किलो आलु–प्याज साइकलमा ल्याउने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । सोही विषयमा स्थानीयहरुले प्रहरीको ज्यादती रोक्न र निजहरुलाई रिहा गर्न भनि अनुरोध गर्दा प्रहरीले नानाथरी भन्दै एक्कासी लाठी र गोली प्रहार गरी घाईते बनाएको जनाइएको छ ।
प्रहरी प्रशासनको मिलेमतोमा ट्रकका–ट्रक सामानहरु अवैध रुपबाट वोर्डरबाट तस्करी भइरहनेलाई नियन्त्रण गर्नुको साटो आफ्नो घर खर्चका लागि ल्याउने सोझा जनताहरुलाई रोक्ने, छेक्ने र दमन गर्ने कार्यको जनता समाजवादी पार्टी नेपाल घोर निन्दा गरेको छ ।
सो पार्टीका सप्तरी अध्यक्ष केदार यादवले बारा घटनामा गोली लागेको र घाइते भएकाहरुको अविलम्व उचित उपचार र क्षतिपूर्ती दिनका लागि पनि सरकारसंग माग गरेका छन् । प्रहरी चौकी कवही गोठका दोषी प्रहरी उपर तत्काल कार्वाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्दै प्रहरीको उक्त गलत कार्यको विरोधमा जनताहरु आन्दोलित भएको उनको भनाई छ ।
सो बिरोध ¥यालिमा जसपा नेपालका केन्द्रीय सदस्य दिनेश यादब, राजबिराज नगरपालिका नगर प्रमुख शम्भु प्रसाद यादब, लक्ष्मण यादब, दिनेश यादब, गजेन्द्र मण्डल, राजबिराज नपा १ का वडा अध्यक्ष चन्द्रशेखर चौधरी, वडा २ का अध्यक्ष अरूण यादब, वडा १२ का अध्यक्ष हरिहर यादब, युवा नेता शम्भु यादब, शिवशंकर यादब, विशाल यादब, सचेन्द्र यादब, संजय यादब, बिनोद मण्डल, श्याम यादब, रंजित यादब, राहुल रायलगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ