News Category 2077/07/18
कोरोना संक्रमणबाट मुक्त भएका कैदीबन्दीलाई सरसफाई सामाग्रि प्रदान

दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक ।
कारागार कार्यालय सप्तरीका कोरोना संक्रमणबाट मुक्त भएका कैदीबन्दीहरुलाई मंगलबार सरसफाई सामाग्रिहरु प्रदान गरिएको छ ।
प्रदेश २ कार्यालय यूनिसेफको सहयोग तथा एनसिभी नेपाल र सप्तरी सामुदायिक विकास केन्द्र नेपालको सहजिकरणमा सो सामाग्रि प्रदान गरिएको हो ।
कारागार कार्यालयमा आयोजित सामाग्रि प्रदान कार्यक्रममा सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले कारागारमा रहेका कैदीबन्दीहरू मध्ये कोरोना संक्रमित भएका १ सय ४ जना कैदीहरूलाई सरसफाई समाग्री वितरण गरेको जानकारी दिएका छन्् । हाल सबै कैदीबन्दीहरु कोरोना मुक्त भइसकेका छन् ।
बितरण गरिएको सामाग्रिहरुमा तौलिया, टुटपेष्ट, ब्रस, नुहाउने साबुन, कपडा धुने साबुन, काइयो तथा महिलाहरुका लागि सेनिटरी प्याड रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।
सो अवसरमा कारागार प्रमुख संजय कुमार राम, प्रहरी निरिक्षक कुशराम कार्की, पत्रकार धिरेन्द्र प्रसाद साह, अमरनाथ मण्डल, नविनकुमार गुप्ता, संजिव बिक्रम साह, संस्थाका कर्मचारी लगायतका उपस्थिति रहेको थियो ।
यता एक सय २५ कैदीबन्दी राख्ने क्षमता रहेको सो कारागारमा क्षमता भन्दा झण्डै तेब्बर ३ सय ५५ जना कैदीबन्दी रहेका छन् । जसमध्ये १६ जना महिला कैदीबन्दीसहित एक बालक पनि छन् । सोही कारागारमा २ महिला र १४ पुरुष गरि १६ जना भारतीय कैदीबन्दी समेत रहेको कारागार प्रमुख संजयकुमार रामले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ