News Category 2071/02/12
ह्याप्पील्याण्डलाई अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधी
दैनिक संवाददाता
राजविराज, ११ जेठ ।
अन्तर बिद्यालय क्रिकेट प्रतियोगिताको उपाधी ह्याप्पील्याण्डले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा ह्याप्पील्याण्डले लिटिल प्mलावरलाई ५ बिकेटले पराजित गरि उपाधि जितेको हो ।
टस जिति पहिलो ब्याटिङ गर्ने निर्णय गर्दै लिटिल प्mलावरले निर्धारित २० ओभरको खेमा १३ ओभर २ बलमै आफनो सम्पुर्ण बिकेट गुमाई ५८ रन मात्र बनाउन सफल भएको थियो । लिटिलका लागि सिद्धान्त मण्डल १३ रन बाहेक कसैले दोहोरो अंक छुन सकेनन् ।
लिटिललाई न्युन रनमा समेटन ह्याप्पील्याण्डका रामचन्द्र यादवले ३ ओभरमा २८ रन दिई ४ बिकेट, अहमदुल्ला तथा पुष्कर झाले सामान २, अश्विन सिंह र नवनित जयसवालले सामान १ बिकेट लिएका थिए ।
५९ रनको सजिलो बिजयी लक्ष्य लिई मैदानमा ओर्लेको ह्याप्पीलायण्ड १३ ओभर २ बलमा ५ बिकेटको नोक्सानीमा उक्त लक्ष्य प्राप्त गरेको थियो । ह्याप्पील्याण्डका तर्फबाट राकेश यादवले १४ अवीजित रन तथा अश्विन सिंहले ११ रन बनाएका थिए भने बलिङतर्फ लिटिलका केशव देव र बिकास सिंहले १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच ह्याप्पील्याण्डका रामचन्द्र महतो घोषित भए ।
नगर बाल संजालको अध्यक्ष अमर यादवको अध्यक्षतामा समापन समारोहमा राजबिराज नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत बिष्णु प्रसाद गुरुङ, सप्तरी क्रिकेट संघका अध्यक्ष शैलेश कुमार चौधरी, सचिव आयुश श्रेष्ठ, सदस्यद्धय चन्दन यादव र संजय कार्की, बरिष्ठ क्रिकेटर सुरेन्द्र नाथ सिंह, किर्तिमानी खेलाडि महवुव आलम, नगरपालिकाका कार्यक्रम अधिकृत प्रफुल्ल श्रेष्ठ, आजमा ट्रेड्सका संजय यादव लगायतले खेलाडिलाई ट्रफी तथा प्रमाण पत्र बितरण गर्नु भएको थियो ।
राजबिराज नगरपालिका राजबिराज बाल संजालको आयोजनामा संचालित प्रतियोगितामा बेष्ट फिल्डर गौतमका प्रशान्त राई, ईमरजिङ प्लेयर पिसजोनका राहुल मण्डल, बेष्ट ब्याट म्याक्सलका आनन्द साह, बेष्ट बलर गौतमका अजय परियार तथा प्रतियोगिताकै सर्वत्कृष्ट खेलाडि दुर्गाका प्रियान्स श्रेष्ठलाई ट्रफी तथा प्रमाणपत्र बितरण गरिएको थियो ।
त्यसैगरि प्रतियोगितामा अनुशासित टोली लिटिल एन्जलसलाई घोषित गरिएको थियो भने कार्यक्रमको संचालन सप्तरी क्रिकेट संघका सहसचिव राजेश झाले गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ