News Category 2077/07/28
ठूलो परिमाणको पटाका बरामदपछि नष्ट
दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
तिहार अन्तरगत लक्ष्मी पूजा एवं दिपावलीको पूर्वसन्ध्यामा सप्तरी प्रहरीले ठूलो परिमाणको पटाकाहरु बरामद गरि नष्ट गरेको छ ।
भारतसँग जोडिएको जिल्लाको विभिन्न नाकाहरुबाट चोरीलुकी भित्राउँदै गरिएको तीन लाख बढी मुल्य बराबरको पटाकाहरु बरामद गरि नष्ट गरेको हो ।
चाडपर्वमा सीमापारीबाट भित्रिने पटाका र त्यसबाट जनधनमा पुग्ने क्षति रोक्न सिमा क्षेत्रमा निगरानी बढाएपछि ठूलो परिमाणमा प्रहरीले विभिन्न किसिमका पटाका बरामद गरी नष्ट गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरी कार्यालय हाताभित्र खाल्डो खनी बरामद पटाकाहरु नष्ट गरेको छ ।
सप्तरी प्रहरीका सूचना अधिकारी एवं डिएसपी भुवनेश्वर प्रसाद साहका अनुसार चेकजाँचका क्रममा भारतीय सिमासँग जोडिएको सप्तरीको बोदेबर्साइन नगरपालिका, राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र छिन्नमस्ता गाउँपालिका लगायतका नाका क्षेत्रमा विभिन्न व्यक्तिबाट ठूलो परिमाणमा जफत गरिएका नागिन पटाका, आलु बम, सप्तरंगी पटाका, रकेट बम, चकलेट बम, मिनि बुलेट लगायतका ३ लाख ३२ हजार ७ सय ५० रुपैया बराबरको पटाका नष्ट गरिएको हो ।

यता सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाले कोरोना महामारीका बेला घरमै बसेर चाडपर्व मनाउन आग्रह गर्दै राज्यले प्रतिबन्ध गरेको पटाकाका कारण परिवार र समाजमा पुग्न सक्ने क्षतिबारे सबैलाई जागृत गराउन प्रहरीले पर्चा, पम्पलेट र म्याकिङ्ग मार्फत सचेतना समेत फैलाउन सुरु गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ