News Category 2077/07/28
सरकारले जनताको जीउधनको सुरक्षा गर्न सकेन् ः जसपा अध्यक्ष यादव
दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादबले सरकारले जनताको जीउधनको सुरक्षा गर्न नसकेको आरोप लगाएका छन् ।
जनता समाजवादी पार्टी सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित शुभकामना आदान कार्यक्रममा बोल्दै उनले मुलुकले कोरोना माहामारी झेलिरहेको समयमा सरकारको मुख्य कर्तव्य जनताको ज्यानको सुरक्षा हुनुपर्नेमा सरकार त्यसबाट बिमुख भएको आरोप लगाएका हुन् ।
पूर्व उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहनुभएका अध्यक्ष यादवले जनताप्रति ध्यान दिनुपर्नेमा सरकार अहिले अन्य चलखेलमा लागेको बताउँदै मुलुकका लागि यस्ता चहलखेल दुर्भाग्य रहेको उल्लेख गरे ।
संघीय सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सरकारले चुनौैती दिने प्रयास गरेको बताए ।
उनले भने, ‘आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै विभेदरहित समृद्ध मुलुकको निर्माणका लागि जसपाको गठन भएको छ, यसका लागि हाम्रो पार्टी सरकारविरुद्व हरेक मोर्चामा लड्न तयार छ ।’
शिक्षित र सक्षम युृवालाई नेतृत्व गर्ने समय आइसकेको बताउँदै अध्यक्ष यादवले देशको विकास र समृद्धिको लागि शिक्षित र सक्षम युवाहरुलाई अगाडि आउन आग्रह समेत गरे ।
यस्तै कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारी सदस्य तथा पुर्वमन्त्री राजकिशोर यादबले सबै वर्गको अधिकार सुनिश्चितताका लागि नयाँ नेपाल निर्माण गर्ने उद्देश्य स्थापित भएको जिकिर गरे । सबै प्रकारको विभेद अन्तको लागि पार्टी स्थापित भएकोले जसपा बैचारिक रूपमा संगठित भई पहिलो शक्ति बन्ने उनले उद्घोष गरे ।
सरकारबाट गणतन्त्रको बिरोधमा काम भईरहेको कुरा नेकपाका नेताहरूले उठाउन थालेकोले सरकार असफल भईसकेको उदाहरणको रूपमा कोभिड १९ को संक्रमणको अबस्थामा जनताको स्वास्थको सुरक्षा गयारेन्टी नगर्नु ठुलो दुरभाग्य रहेको उनको भनाई छ ।
त्यस्तै राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिँह यादबले पार्टी एकिकरणलाई बलियो बनाई मधेशीको अधिकारलाई स्थापित गर्नु आबश्यक रहेको बताए । उनले भने, “सबै उत्पिडित वर्ग मधेशी, थारू, दलित, मुस्लिम, जनजाती लगायतको अधिकार सुनिश्चितका लागि पार्टी जसपा स्थापित भएको दाबी समेत गरे ।
सोही कार्यक्रममा जसपा केन्द्रीय कार्यकारी सदस्य रेणु यादबले संबिधानमा समाबेशी समानुपाति सहभागिता लेखेपनि कार्यन्वयन नभएकोले टिप्पणी गरिन् । उनले सरकारले राजदुत नियुक्ती प्रक्रियामा भेदभाव गरेको आरोप लगाउदै राजदुत नियुक्त प्रक्रिया मधेशीलाई समानुपातिक रूपमा सहभागिता नगराएको आरोप लगाइन् ।
सो कार्यक्रममा प्रदेश २ का भुमि, ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र कुमार साह, समाजिक बिकास मन्त्री नवल किशोर साह, प्रदेश सांसद मनिष सुमन लगायतले शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना मन्तब्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/09 निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ