News Category 2077/08/08
नेपाल भारत नाकामा आवागमन सूचारु गर्न माँग
दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
विगत लामो समयदेखी कोरोना संक्रमणका कारण बन्द रहेको नेपाल तथा भारतबीचको आवागमनलाई सहज तुल्याउन सरोकारवालाहरुले माँग गरेका छन् ।
जिल्ला समन्वय समिति समिति सप्तरीले सोमबार राजविराजमा आयोजना गरेको नेपाल भारत सीमा सम्वाद समूह बैचारिक गोष्ठीमा सरोकारवालाहरुले सो माँग गरेका हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतमा आयोजित गोष्ठीमा बोल्दै नेपाल भारत यूवा मैत्री संघका अध्यक्ष किशोर यादवले लामो समयसम्म भारतसँग जोडिएको बोर्डर सील हुँदा कालो बजारी बढेको र जिल्लाका जनता थप मारमा परेको बताए । उनले ती नाकाहरु अविलम्ब खोलेर आवागमन सहज बनाउनु पर्ने माँग गरेका छन् ।
यस्तै जेष्ठ नागरिक संघ प्रदेश २ का अध्यक्ष शंकर सारदाले सीमावर्ती क्षेत्रमा वारिपारी विवाहको चलन पुस्तौंदेखी रहेको बताउँदै लामो समयसम्म सीमा सील हुँदा बैवाहिक कार्यक्रम समेत प्रभावित बनेको बताए ।
राजगढ गाउँपालिकाका प्रमुख परमानन्द यादवले विगत जस्तो अहिले कोरोना महामारीको भयावह अवस्था नरहेको दाबी गर्दै अविलम्ब नाका खोल्नु पर्नेमा जोड दिए । एकातिर स्थानिय बजारमा मलखाद नपाउन र अर्कोतिर लामो समयसम्म नाका सील हुँदा भारतबाट समेत मलखाद किनेर ल्याउन नसकिएका कारण किसान सर्वाधिक मारमा परेको उनको भनाई छ ।
पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झाले लामो समयसम्म नाका बन्द हुँदा सर्वसाधारणले निकै सास्ती भोगिरहनु परेको गुनासो गरे । यस्तो सीलले कालोबजारी मौलाएको सर्वसाधारण निकै मारमा परेको भन्दै मञ्चमा आसिन संघीय र प्रदेश सांसदलाई यसतर्फ केन्द्रिय सरकारको ध्यानाकर्षण गराउन माँग गरे ।
कार्यक्रममा गैरसरकारी महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, इतिहास विद डा. पिताम्बरलाल यादव, जसपा नेता गजेन्द्र मण्डलका साथै भारतीय नाकासँग जोडिएका नगर र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखसमेत सहभागि भई लामो समयदेखी सील नाका आवश्यक सुरक्षा सतर्कता लगायतका व्यवस्था मिलाई अविलम्ब नाका खोल्नु पर्ने माँग गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य नेत्रविक्रम साह र प्रतिनिधिसभा सदस्यद्वय चन्द्रकान्त चौधरी र दुलारीदेवी खंगले समेत लामो समयसम्म नाका सीलका कारण जिल्लावासीले भोग्नु परेको पीडा र समस्याका बारेमा चर्चा गर्दै यस बारे सरकारको गम्भिर ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ