News Category 2077/08/08
वडा अध्यक्ष र सेवाग्राहीबिच कुटाकुट
दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
सप्तरीको छिन्नमस्ता गाँउपालिका वडा नं. ६ का वडा अध्यक्ष र एक सेवाग्राहीबिच सोमबार कार्यालयमै कुटाकुट भएको छ ।
कृषि सम्बन्धी सिफारिस नगरेको भन्दै स्थानिय बिनोद साह र वडा अध्यक्ष बिरेन्द्र साहबीच कुटाकुट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

विगत एक वर्षदेखी कृषि शाखामा कर्मचारीले नै तालाबन्दी गर्ने गरेको र कर्मचारीकै आपसी सहमतिमा कार्यालय खोल्ने गरेका थिए । कृषि शाखाका बागबानी अधिकृत सिंहेश्वर महतोले विगत एक महिनादेखी आफ्नै मनमानीमा कार्यालायमा तालाबन्दी गरेका हुन् ।
कार्यालयमा तालाबन्दी भएका कारण कृषि शाखाका कर्मचारीहरु नजिकै रहेको वडा कार्यालयमा गएर विगत एक महिनादेखी कामकाज गर्ने गर्थे । सोमबार पनि उनीहरुले सेवाग्राहीको काम गर्दै गर्दा वडा अध्यक्ष बिरेन्द्र साहले कर्मचारीलाई सेवाग्राहीको काम नगर्न भनेपछि उत्पन्न विवादपश्चात् सेवाग्राही बिनोद साह र वडाअध्यक्षबीच कुटाकुट भएको हो ।
घटनाको बेला जनता समाजबादी पार्टी सप्तरीका जिल्ला अध्यक्ष केदार यादव, पत्रकार कृष्ण मण्डल, कृषि शाखाका प्रसार अधिकृत शिवान्द मिश्रा, बाली संरक्षण अधिकृत कपिलदेव यादव, नाप्रासहरु संगिताकुमारी चौधरी, नारायण खत्री, रिंकु दास र कार्यालय सहयोगी अजुर्न कुमार साहलगायत एक दर्जन सेवाग्राहीहरुको उपस्थित थियो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आर्चायले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको कमिकमजोरीले गर्दा यस्तो अवस्था सृजना भएको भन्दै उनले घटना बारे वडा अध्यक्ष तथा कृषि शाखा अधिकृत महतोसँग समेत जानकारी लिने बताए ।
यता गाँउपालिकाका कर्मचारीहरुले विगत ५ महिनादेखी तलब पाएका छैनन् भने गाँउपालिकाको परिषद् समेत हुन सकेको छैन् । यसैबीच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम थापाले पनि सरुवा गराई अन्यत्र गइसकेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ