News Category 2077/08/09
सप्तरीका १ सय ३६ उद्योग खारेजीमा
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
घरेलु तथा साना उद्योग कार्यालय सप्तरीले जिल्लामा दर्ता रहेका ९ हजार १ सय २७ उद्योग मध्ये १ सय ३६ वटा उद्योग खारेजीमा परेको जानकारी दिएको छ ।
छैठौं उद्योग दिवसको अवसर पारेर मंगलबार सो कार्यालयद्वारा राजविराजमा आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
कार्यक्रममा आ.ब. २०७६÷७७ को प्रतिवेदन सार्वजनिक गर्दै उद्योग अधिकृत सन्तोषकुमार साहले मापदण्ड पूरा नगरेको, बीचमै उद्योग बन्द भएको, बैदेशिक रोजगारीमा हिडेको, उद्योग दर्ता गरि लामो समयमसम्म संचालनमा नल्याएको तथा समयमै नवीकरण नगराएका कारण १ सय ३६ वटा उद्योग खारेजीमा परेका जानकारी दिए ।
नयाँ दर्ता भएका ती उद्योगसहित जम्मा ९ हजार १ सय २७ उद्योग दर्ता भएको र त्यसमध्ये उद्योगतर्फ ७० र बाणिज्यतर्फ ६६ गरि कुल १ सय ३६ उद्योग खारेजीमा परेको उनले स्पष्ट पार्दै उक्त आ.ब.मा महिलाद्वारा संचालित १ सय ५ र पुरुषद्वारा संचालित २ सय ९० गरि कुल ३ सय ९५ उद्योग दर्ता भएको जानकारी पनि दिए ।
सोही अवधीमा नवीकरण, लगत्त कट्टा, पूँजी बृद्धि, ठाउँसारी, निवेदन र अन्य दर्ता लगायतका शुल्क वापत एक करोड १५ लाख ३१ हजार ८ सय ६६ रुँपैया राजश्व समेत संकलन गरिएको कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।
कोरोनाका कारण स्वदेशमा रोजगारीको अभाव तथा विदेशमा रोजगारीका लागि गएका यूवाहरु समेत स्वदेश फर्किएपछि बेरोजगारीको समस्या अझै बढेको जानकारी गराएका उद्योग अधिकृत साहले प्रदेश २ सरकार बेरोजगारी समस्या समाधान गर्न हालै दुई वटा महत्वपूर्ण कार्यक्रम मार्फत आवश्यक बजेट समेत छुट्याएकाले यसबाट धेरै हदसम्म बेरोजगारी समस्य न्युनिकरणमा मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।
बेरोजगारहरुलाई रोजगारी दिन प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री रोजगार र प्रदेश प्रमुख रोजगार कार्यक्रमले बेरोजगारी समस्या कम गर्न प्रभावकारी भूमिका खेल्ने उनको भनाई थियो ।
कार्यक्रममा प्रमुख अतिथि उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर दास, निर्माण व्यवसायी संघका अध्यक्ष एनेश्वर दास, संचारकर्मी बैजनाथ झा लगायतले शुभकामना दिँदै कोरोनाका कारणले समस्यामा परेका उद्योगि व्यवसायीका साथै प्रभावित सबैलाई राहत महसुस हुने गरि सरकारले आवश्यक कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगि लिलानाथ दाहाललाई कार्य सम्पादनमा प्रशंसनिय भूमिका निर्वाह गरेवापत नगदसहित प्रशंसापत्रले सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ