News Category 2077/08/12
कोशी पीडितद्वारा मुआब्जा र क्षतिपूर्तीका लागि भारतीय पक्षलाई ध्यानाकर्षण

दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।
कोशी पीडित उत्थान समाज सुनसरी, उदयपुर र सप्तरीले कोशी पीडितहरुले तीन पुस्तादेखी मुआब्जा र क्षतिपूर्ति माग्दै आएपनि हालसम्म नपाएको भन्दै बिहीबार १२ बुँदे संयुक्त अपील जारि गरेका छन् ।
कोशी पीडित उत्थान समाज सुनसरी, उदयपुर र सप्तरीका अध्यक्ष काशिम अन्सारीले बिहीबार सरोकारवालासहित सर्वसाधारणलाई समेत सो अपील बितरण गर्दै सहयोगका लागि अपील गरेका हुन् ।
भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृगला दुई दिने औपचारिक भ्रमणका क्रममा बिहीबार नेपाल आएको अवसर पारेर जारि गरिएको १२ बुँदे अपीलमा कोशी पीडितहरुले भोग्नु परेको पीडा र समस्याको बारेमा भारतीय पक्ष समक्ष गम्भिर ध्यानाकर्षण गराई दिन समेत सरकारलाई आग्रह गरिएको छ ।
कोशी सम्झौताको कार्यान्वयनसहितका १२ बुँदे अपिल पत्रमा सप्तकोशीमा पुल निर्माणका क्रममा भारतले अधिग्रहण गरेको सुनसरी, उदयपुर र सप्तरीवासीको हजारौं विगहा नम्बरी जग्गाको मुआब्जा र बालिको क्षतिपूर्ती ७० वर्ष नाघिसक्दा पनि नपाएको उल्लेख गरिएको छ ।
भारत सरकारले कोशी सम्झौता अनुसार वर्षे पिच्छे कोशी कटानबाट पीडितलाई दिनुपर्ने क्षतिपूर्ती नदिएर अन्याय गरेको भन्दै तीन वटै जिल्लाका कोशी पीडितहरु पटक पटक आन्दोलन गर्दै आएका छन् । तर, हालसम्म आश्वासन बाहेक केही नपाइएको अध्यक्ष अन्सारीको भनाई छ ।
अर्का कोशी पीडित मो. इर्सादका अनुसार २०७१ साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका बेला दुई देशका प्रधानमन्त्रीबीच कोशीको समस्या समाधान गर्ने सहमति भएपनि त्यो अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन् ।
मुआब्जाका लागि सुनसरी, उदयपुर र सप्तरीका कोशी पीडितहरु संगठित रुपमै दशकौंदेखी चरणबद्ध आन्दोलन गर्दै आएका छन् । यद्दपी नेपाल तथा भारतका सरकारले आफूहरुको माँग र मुद्दाप्रति खासै चासो सम्म देखाउन नसकेको पीडितहरुले आरोप लगाउँदै आएका छन् ।
सुनसरी तथा सप्तरी जिल्लाको सीमामै पर्ने सप्तकोशी ब्यारेज निर्माणका क्रममा भारत सरकारले नेपालतर्फका हजारौं विगहा नम्बरी जग्गा अधिग्रहण गरेको थियो । तर, सम्झौता अनुसार उक्त जग्गाको मुआब्जा तथा बालिनालीको क्षतिपूर्ति अझै पाउन नसक्दा कोशी ब्यारेज निर्माणका क्रममा बिस्थापनमा परेका सुनसरी, उदयपुर र सप्तरीका हजारौं पीडितहरु दशकौंदेखी मुआब्जा माग्दै संघर्षरत छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/09 लालपूर्जा पाउनु पर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा
- 2082/01/09 अपहरण तथा जबरजस्तीकरणीका फरार अभियुक्त पक्राउ
- 2082/01/09 हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ