News Category 2077/08/12
सहुलित दरमा ऋण उपलब्ध गराउन आग्रह
दैनिक समाचारदाता
राजबिराज, १२ मंसिर ।
राजबिराज वडा नं.१ स्थित चनौरामा जन कल्याण सहकारी संस्थाको शुक्रबार उद्घाटन गरिएको छ ।
राजबिराज २ स्थित राजदेबी चौकमा आयोजित कार्यक्रममा वडा नं. १ का अध्यक्ष चन्द्रशेखर चौधरी तथा वडा नं. २ का अध्यक्ष अरूण यादबले संयुक्त रूपमा कार्यालयको उद्घाटन गरेका छन् ।
सो अवसरमा वडा अध्यक्ष चन्द्रशेखर चौधरीले जनकल्याण सहकारी संस्थाले जनताको हितमा काम गर्ने बिश्वास ब्यक्त गरे । सहकारी मार्फत गरिव, बिपन्न वर्ग तथा किसानलाई प्रदचसथमिकतामा राखेर सहुलित दरमा ऋण उपलब्ध गराउन उनले आग्रह पनि गरे ।
त्यस्तै वडा नं. २ अध्यक्ष अरूण यादबले सहकारीमार्फत समुदाय बिकास पुग्ने बिश्वास जनाउदै बिना धितो समय मै ऋण उपलब्ध गराउनु पर्नेमा जोड दिए ।
सोही कार्यक्रममा सबल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठले समाजमा पैसालाई खेपीमा लगाउने परम्परा रहेकोले सहकारीमार्फत त्यस्ता खेपी लगााउने कारोवारको अन्त हुने बिश्वास ब्यक्त गरे ।
जनकल्याण संस्थाका अध्यक्ष सुदिप यादबले जन समुदायको हितको लागि संस्था संचालनमा ल्याएको बताउदै तीन महिनापछि ऋण लगानीका साथै आईएमई रेमिटान्स समेत संचालनमा ल्याई उत्कृष्ट संस्था बनाउने प्रतिबद्धता जनाए ।
संस्थाका अध्यक्ष सुदिप यादवको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा मबिव क्याम्पसका सहप्राध्यापक उमेश यादब, नेपाल पत्रकार महासंघका सहसचिव चन्दनकुमार यादब, समाजसेवी भन्नालाल यादब, रामदेब यादबलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रम संचालन शिक्षक मनोज यादबले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ