News Category 2077/08/17
अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनामा बिरामी मृत्यु
दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
उपचारका लागि बिराटनगर तर्फ जाँदै गरेका एक बिरामीको दुर्घटनामा परि मृत्यु भएको छ । छातीमा गहिरो चोट लागेको मण्डलको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मृतक परिवारका तीन जना सदस्य समेत गम्भिर घाइते भएका छन् ।
सप्तरी तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाका ६० वर्षिय पण्डित भनिने ननुलाल मण्डलको सोमबार साँझ दुर्घटनामा परि मृत्यु भएको हो ।
स्वास प्रस्वासमा समस्या भई उपचारका लागि राजविराजबाट स.१च. ११२२ नम्बरको एम्बुलेन्समा बिराटनगरतर्फ जाँदै गर्दा मोरङको टंकीसिनवारी नजिकै एम०१–एल०३३६ नम्बरको ट्रली गाडीसँग ठोकिएर दुर्घटना हुँदा मण्डलको मृत्यु भएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिएका छन् ।
दुर्घटनामा उनका ५० वर्षिया पत्नि भोलीदेवी, ४९ वर्षिय भाई रामसुन्दर र ३० वर्षिया कान्छो छोरा जितेन्द्र गम्भिर घाइते भएका छन् । तीनै जनाको बिराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटना पश्चात् दुबै गाडीका चालक फरार भएकाले उनीहरुको खोजिकार्य भइरहेको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ