News Category 2071/02/13
उपदान रकम नपाएको भन्दै अवकाश प्राप्त कर्मचारी धर्ना बस्ने
दैनिक संवाददाता
राजविराज, १२ जेठ ।
राजविराज नगरपालिका कार्यालयमा कर्मचारीको रुपमा ४० वर्षसम्म कार्यगरि अनिवार्य अवकाश प्राप्त गरेका ९ जना कर्मचारीहरुले अवकाश प्राप्त गरेको लामो समय बितिसक्दा पनि उपदानको रकम नपाएको भन्दै सोमबार विभिन्न ७ वटा निकायमा ज्ञापनपत्र बुझाएका छन् ।
अवकाश प्राप्त नासु कृष्णबहादुर श्रेष्ठ, खरिदार मो. हारुन अन्सारी, दमकल इन्चार्ज दुर्गा बहादुर बुढाथोकी, टाइपिस्ट जिवेनद्र झा, वि.मि. रामनारायण साह, ड्राईभर बद्री प्रसाद यादव, ब.नि. देवराज भण्डारी, खा.पा.मि. रामेश्वर यादव र खरिदार दुखी प्रसाद साहले संयुक्त रुपमा सोमबार स्थानीय विकास मन्त्री लगायत विभिन्न सम्बन्धीत निकायमा ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउँदै अवकाश प्राप्त कर्मचारीहरुले ५ दिनभित्र उपदान उपलब्ध नभए बाध्य भई छौठो दिनदेखी नगरपालिका कार्यालयमै धर्ना बस्ने चेतावनी समेत दिइएको छ ।
बुझाइएको ज्ञापनपत्रमा अवकाश प्राप्त कर्मचारीहरुसँग नगरपालिकाले पटक पटक लिखित तथा मौखिक सम्झौता गरे पनि सम्झौता कार्यान्वयन नगरेको भन्दै अवकाश प्राप्त जीवन यापन गर्न अत्याधिक कठिनाई भएकोले बाध्य भई आन्दोलनका कार्यक्रम गर्नुपरेको पत्रमा उल्लेख छ ।
यता नगरपालिका कार्यालयले आफ्नो भौतिक सुविधा दिनप्रति दिन बढाउँदै लगेको तथा कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले हालै ३२ लाख ५० हजारमा नयाँ गाडी खरीद गरेको तर विगत लामो समयदेखी नगरपालिकामा कार्यरत कर्मचारीहरु अवकाश प्राप्त गरेपनि ती कर्मचारीहरुले उपदान नपाउनुमा नगरपालिका कार्यालयकै गैरजिम्मेवारीपन भएको बुद्धिजिविहरुको आरोप छ ।
स्थानीय विकास मन्त्रालयको २० लाख रुँपैया सहयोग तथा १२ लाख ५० हजार नगरपालिका कार्यालयले निशर्त कोषबाट निकासा गरि सो गाडी खरीद गरेको नगरपालिका श्रोतले जनाएको छ ।
आर्थिक वर्ष २०७०÷७१ को नगर परिषद्बाट उपदानका लागि रु. ५० लाख रकम छुट्टयाइए पनि सो रकम हालसम्म पनि अवकाश प्राप्त कर्मचारीले पाउन सकेका छैनन् । श्रोतका अनुसार अवकाश प्राप्त ९ जना कर्मचारीले उपदान स्वरुप पाउने रकम रु. ४० लाख रुँपैया रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
- 2082/03/17 एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह
- 2082/03/17 जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी गरेको आरोपमा एक वृद्ध पक्राउ
- 2082/03/17 राजगढमा सभागृह बन्दै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ