News Category 2077/08/17
नुनदेखी सुन तथा माछा पसलमा अनुगमन, कम तौलका ढक तराजु बरामद
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर
गुणस्तर तथा नाप तौल कार्यालय बिराटनगरले बुधबार राजविराजस्थित नुनदेखी सुन पसलसम्म १ सय ४० पसलको अनुगमन गरेको छ ।
राजविराजस्थित ती पसलहरुमा नापतौलका लागि प्रयोग गरिने ढक तराजुको जाँचलाई प्राथमिकता दिदै कम ढक तराजु भएका व्यवसायीको ढक तराजुमा गडबढी पाइएकोले सोलाई नियन्त्रणमा लिई एक पटकका लागि सचेत समेत गराइएको छ ।
यस्तै माछा हटिया तथा हटिया बजारका अन्य पसलहरुबाट ४० भनद बढी ढक तराजु जफत गर्नुका साथै एक पल्टका लागि सचेत गराएर सुध्रिने मौका दिइएको टोलीमा सहभागि उपभोक्त मञ्च नेपालका महासचिव शत्रुघनलाल देवले बताए ।
सोही टोलीले सुन पसलहरुमा समेत अनुगमन गरेकोमा केही दर्तै नभई संचालनमा रहेको तथा केही नविकरण नगराइएको पाइएकाले त्यस्ता पसललाई तत्कालै बन्द गर्न लगाई दर्ता र नविकरण गराउन पत्र काटिएको अनुगमन टोलीका प्रमुख शम्भु कुमार झाले बताए ।
टोलीले अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य बस्तु जफत गरि नष्ट गरेको र पसलमा मुल्यसूची अनिवार्य टाँस गर्न तथा दर्ता नभएकालाई दर्ताका लागि १५ दिनको म्याद दिएको जनाएको छ ।
नापतौल कार्यलयका प्रमुख शम्भु कुमार झाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन, राजविराज नगरपालिका कार्यालय, उपभोक्ता मञ्च नेपाल, पत्रकार महासंघ लगायतका प्रतिनिधि सम्मिलित टोलीले सो अनुगमन गरेको हो । यता अनुगमन कार्य केही दिन अझै जारि रहने टोलीका प्रमुख झाले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ