News Category 2077/08/17
नुनदेखी सुन तथा माछा पसलमा अनुगमन, कम तौलका ढक तराजु बरामद
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर
गुणस्तर तथा नाप तौल कार्यालय बिराटनगरले बुधबार राजविराजस्थित नुनदेखी सुन पसलसम्म १ सय ४० पसलको अनुगमन गरेको छ ।
राजविराजस्थित ती पसलहरुमा नापतौलका लागि प्रयोग गरिने ढक तराजुको जाँचलाई प्राथमिकता दिदै कम ढक तराजु भएका व्यवसायीको ढक तराजुमा गडबढी पाइएकोले सोलाई नियन्त्रणमा लिई एक पटकका लागि सचेत समेत गराइएको छ ।
यस्तै माछा हटिया तथा हटिया बजारका अन्य पसलहरुबाट ४० भनद बढी ढक तराजु जफत गर्नुका साथै एक पल्टका लागि सचेत गराएर सुध्रिने मौका दिइएको टोलीमा सहभागि उपभोक्त मञ्च नेपालका महासचिव शत्रुघनलाल देवले बताए ।
सोही टोलीले सुन पसलहरुमा समेत अनुगमन गरेकोमा केही दर्तै नभई संचालनमा रहेको तथा केही नविकरण नगराइएको पाइएकाले त्यस्ता पसललाई तत्कालै बन्द गर्न लगाई दर्ता र नविकरण गराउन पत्र काटिएको अनुगमन टोलीका प्रमुख शम्भु कुमार झाले बताए ।
टोलीले अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य बस्तु जफत गरि नष्ट गरेको र पसलमा मुल्यसूची अनिवार्य टाँस गर्न तथा दर्ता नभएकालाई दर्ताका लागि १५ दिनको म्याद दिएको जनाएको छ ।
नापतौल कार्यलयका प्रमुख शम्भु कुमार झाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन, राजविराज नगरपालिका कार्यालय, उपभोक्ता मञ्च नेपाल, पत्रकार महासंघ लगायतका प्रतिनिधि सम्मिलित टोलीले सो अनुगमन गरेको हो । यता अनुगमन कार्य केही दिन अझै जारि रहने टोलीका प्रमुख झाले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ