News Category 2077/08/19
बालविवाह न्यूनिकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
राजविराजस्थित प.बि.मा.बि. मा बिहीबार बाल विवाह न्यूनिकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।
बालबालिका र किशोरकिशोरीको चेतना अभिबृद्धि गरी सशक्तिकरण ल्याउन र बाल बिबाहका घटनाहरु न्युनिकरण गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल बिबाह न्यूनिकरण सम्बन्धी १६ दिने अभियान मूल समारोह समितिको आयोजना र समग्र जनउत्थान केन्द्रको संयोजनमा अधिकारकर्मी, सामाजिक कार्यकर्ता, प्रहरी, शिक्षक र बिद्यार्थीहरुबीच अन्तरक्रिया कार्यक्रम भएको हो ।
सहायक प्रधानाध्यापक मोहन मिश्रको अध्यक्षता एवम मूल समारोह समितिका संयोजक मनोहर पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुले बाल विवाह अन्त्यका लागि प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, राजविराज जेसीजका उपाध्यक्ष मीना साह, पत्रकार पिन्टुकुमार यादवले बाल विवाह न्यूनीकरणका लागि विद्यालयले समेत जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने र पाठ्य सामाग्रीमा समावेश गर्नुपर्ने बताए ।
नेपाल सरकारले सन् २०१५ मा वेलायतमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सन् २०२० भित्र बाल विवाह अन्त्यका लागि सार्थक प्रयास गर्ने र सन् २०३० सम्ममा नेपाललाई बाल विवाह अन्त्य गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ