News Category 2077/08/19
जेसीजद्वारा विभिन्न क्षेत्रका पाँच जना सम्मानित
दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
विभिन्न क्षेत्रमा योगदान पु¥याउने पाँच जनालाई राजविराज जेसीजले बिहीबार सम्मान गर्दै जेसीज सप्ताह उद्घाटन गरेको छ ।
जेसीजले सामाजिक क्षेत्रमा योगदान पु¥याउने समाजसेवी हितनारायण लाल दास, एकल महिलाको अधिकारको क्षेत्रमा योगदान पु¥याउने अधिकारकर्मी अनिता देवकोटा, शैक्षिक क्षेत्रमा योगदान पु¥याउने सह प्राध्यापक शुशिलचन्द्र कर्ण, न्यायिक क्षेत्रमा योगदान पु¥याउने अधिवक्ता मीनाकुमारी देव र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने माला कर्णलाई सम्मान गरेको हो ।
राजविराज जेसीजका अध्यक्ष नानिमैया कटवाल र पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एवम् जेष्ठ नागरिक संघ प्रदेश २ का संयोजक शंकर शारदाले उनीहरुलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर र मायाको चिनोस्वरुप घडी प्रदान गरेका थिए ।
राजविराज जेसीजका अध्यक्ष कटवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसीजको योगदानको चर्चा गर्दै नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, जिल्ला बार एकाईका अध्यक्ष डोमन साह, बरिष्ठ पत्रकार शिवहरीप्रसाद भट्टराई तथा सम्मानित पाँचै जनाले मन्तव्य व्यक्त गरे ।
राजविराज जेसीजका महासचिव एवम् साप्ताहिक कार्यक्रमका मूल संयोजक खेलानन्द दासले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक विप्लब आनन्दले साताव्यापी कार्यक्रमबारे जानकारी गराए ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष प्रतापसिंह तातेड, पूर्व उपाध्यक्ष एवम् सप्तरी उद्योग बाणिज्य संघका महासचिव अनन्त साह, इटहरी जेसीजका पूर्व अध्यक्ष मोहन प्याकुरेल, राजविराज जेसीजका पूर्व अध्यक्षहरु मनोहरकुमार पोखरेल, मिलन सिंह, सन्तोष सिन्हा, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुर लगायत अधिवक्ताहरु, अधिकारकर्मीहरु, पत्रकारहरु, नागरिक समाज, बुद्धिजिवी, व्यापारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ