News Category 2077/08/19
तिलाठी र रुपनी गापाद्वारा अपाङता भएका व्यक्तिलाई सम्मान
दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
२९ औं अन्तर्राष्ट्रिय अपाङगता दिवसको अवसरमा बिहीबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले १६ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान गरेको छ ।
आयोजित सम्मान कार्यक्रममा ८ वटै वडाका एक महिला तथा एक पुरुष गरी १६ जना अपाङ्गता भएका ब्यक्तिलाई कम्बल ओढाएर सम्मान गरिएको थियो ।

गाउँपालिकाका उपाध्यक्ष सुचिता कुमारी यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झा, वडा नं. ८ का अध्यक्ष लक्ष्मीप्रसाद मण्डल, वडा नं. ७ का अध्यक्ष गुलाबप्रसाद सिंह, जनस्वास्थ्य अधिकृत भूपेन्द्र झा, जनस्वास्थ्य निरीक्षक दिपक कुमार मण्डल, शैलेन्द्र सिंहसहितकाले अपाङगता भएका ब्यक्तिलाई माया र सद्भाव राख्नु आवश्यक भएको बताए ।
यस्तै अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बिहीबारै जिल्लाको रुपनी गाउँपालिकामा अपाङता भएका व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
गाउँपालिका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष बेचनी कुमारी सरदार, प्रशासकीय अधिकृत रेणुका शाह, ६ वटै वडाका अध्यक्ष तथा कर्मचारीहरु समेतको उपस्थितिमा अपाङ्गता भएकाहरुलाई कमल ओढाएर सम्मान गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ