News Category 2077/08/19
कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
जेसीज सप्ताह अन्तरगत बिहीबार सप्तरी कारागारमा रहेका कैदीबन्दी, प्रहरी र कर्मचारीलाई स्वास्थ्य सामग्री सेनिटाइजर, सेनेटरी प्याड र मास्क वितरण गरिएको छ ।
कारागारमा रहेका कैदीबन्दी, कर्मचारीहरुको समस्यालाई मध्यजगर गर्दै उक्त सामग्री वितरण गरिएको राजविराज जेसीजले जनाएको छ ।
नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष शंकर शारदा र राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालले कारागारका निमित्त प्रमुख संजयकुमार रामलाई ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएको सामाग्रीमा १० लिटर सेनिटाइजर, चार कार्टुन मास्क र ४० पोका सेनेटरी प्याडलगायत रहेका छन् ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेल, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुरलगायत जेसीजका पदाधिकारी, प्रहरी र कैदीबन्दीका प्रतिनिधीको उपस्थिती रहेको थियो ।
हाल कारागारमा १ आश्रित बालक र १७ महिलासहित ३ सय ७० जना कैदी बन्दी रहेको निमित्त प्रमुख रामले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ