News Category 2077/08/19
कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
जेसीज सप्ताह अन्तरगत बिहीबार सप्तरी कारागारमा रहेका कैदीबन्दी, प्रहरी र कर्मचारीलाई स्वास्थ्य सामग्री सेनिटाइजर, सेनेटरी प्याड र मास्क वितरण गरिएको छ ।
कारागारमा रहेका कैदीबन्दी, कर्मचारीहरुको समस्यालाई मध्यजगर गर्दै उक्त सामग्री वितरण गरिएको राजविराज जेसीजले जनाएको छ ।
नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष शंकर शारदा र राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालले कारागारका निमित्त प्रमुख संजयकुमार रामलाई ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएको सामाग्रीमा १० लिटर सेनिटाइजर, चार कार्टुन मास्क र ४० पोका सेनेटरी प्याडलगायत रहेका छन् ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेल, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुरलगायत जेसीजका पदाधिकारी, प्रहरी र कैदीबन्दीका प्रतिनिधीको उपस्थिती रहेको थियो ।
हाल कारागारमा १ आश्रित बालक र १७ महिलासहित ३ सय ७० जना कैदी बन्दी रहेको निमित्त प्रमुख रामले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ