News Category 2077/08/19
प्रधानमन्त्री कपका लागि क्रिकेट खेलाडीको बन्द प्रशिक्षण
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
सप्तरीमा आठ महिनापछि खेलकुद गतिविधी सुरु भएको छ । कोरोना महामारीका कारण लामो समयदेखी ठप्प रहेको खेलकुद गतिबिधि आवश्यक स्वास्थ्य सावधानी अपनाउँदै संचालनमा आएको हो ।
आगामी पुस ११ गतेदेखी काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता तथा दाङको लमहीमा हुने राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागि हुन सप्तरीका क्रिकेट खेलाडीहरुको छनौट सुरु भएको छ ।
विगत तीन दिनदेखी राजविराजस्थित राजरंगशालामा पुरुषतर्फको तथा सुरुङा नगरपालिकाको कुशहास्थित श्री मसिलाल माविको खेलमैदानमा महिलातर्फको छनौट र बन्द प्रशिक्षण सुरु भएको क्रिकेटका प्रशिक्षक राजकुमार दासले जानकारी दिएका छन् ।
राजरंगशालामा सुरु भएको पुरुषतर्फको बन्द प्रशिक्षणमा राष्ट्रिय खेलाडी महबुब आलम, रोहन बिक। रोहित सिंह, प्रशान्त सिंह, अनिल यादवसहित ७५ जना खेलाडीहरु सहभागि भएका छन् भने कुशहास्थित खेलमैदानमा सुरु भएको महिलातर्फको बन्द प्रशिक्षणमा ३८ जना खेलाडी सहभागि छन् ।
मंसिर भित्र छनौट गरिसक्ने लक्ष्यका साथ सुरु गरिएको बन्द प्रशिक्षणमा प्रशिक्षकमा राजकुमार दास र धर्मेन्द्र चौधरीले आवश्यक स्वास्थ्य सावधानी अपनाई प्रशिक्षण दिइरहेको क्रिकेट संघ सप्तरीका सचिव चन्दन यादवको भनाई छ ।
आठ महिना ढिलो भएपनि खेल मैदानमा उत्रिन पाउँदा खेलाडी निकै खुशी र उत्साहित देखिएका छन् । बन्द प्रशिक्षणमा सहभागि राष्ट्रिय खेलाडी रोहित सिंहले भने, ढिलै भएपनि खेल मैदानमा उत्रिन पाउँदा निकै खुशी लागेको छ ।
अर्का राष्ट्रिय खेलाडी रोहन बिकले कोरोना महामारी जोखिमकाबीच नयाँ तरिकाले प्रशिक्षणमा सहभागि भएको बताउँदै राष्ट्रिय स्तरको प्रतियागितामा उत्कृष्ठ प्रदर्शन गर्ने लक्ष्यका साथ कडा महिनेत गरिरहेको सुनाए ।
यसरी बन्द प्रशिक्षणबाट अन्तिम छनौटबाट परेकाहरु प्रदेश स्तरमा हुने प्रतिस्पर्धामा सहभागि हुने र त्यहाबाट छनौट भएकाहरु राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाउने क्रिकेट संघ सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ