News Category 2077/08/21
आर्थिक अबस्था कमजोर छात्रालाई साईकल तथा शैक्षिक सामग्री बितरण
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
सप्तरी तिलाठी कोईलाडी गाउँपालिकाका ८ जना बिपन्न परिवारका बिद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा साईकल प्रदान गरिएको छ ।
सेभ द सप्तरीको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा आइतबार आयोजित एक कार्यक्रम बिच कोभिड १९ बाट प्रभाबित बिद्यार्थीहरूलाई नियमित बिदालय पठाउनका लागि उक्त सामग्री बितरण गरिएको हो ।
गरिवीका कारण बिद्यालय जान कठिनाई भएका तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ५ का ८ जना बिद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा बिद्यालय जान साईकल सहयोग गरेको सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवले जानकारी दिएका छन् ।
सो अवसरमा तिलाठी कोईलाडी गाउपालिका ५ का अध्यक्ष रामप्रसाद साहले आर्थिक अबस्था कमजोर भएको कारण तथा बिद्यालयबाट टाढा रहेकोले साईकल नभएको कारण बिद्यालय जान कठिनाई भएको अबस्थामा सेभ द सप्तरीले गरेको सहयोगको प्रशंसा गरे ।
सहयोग गरिएको सामग्रीमा साईकल एक थान, कोपी २५ वटा, वल पेन १२, कोपी स्केल, स्टेपलर, क्यालकुलेटर, औजार बकस, अंग्रेजी ग्रामर, नेपाली ब्याकरण, समान्य ज्ञान, सहितको १० हजार ४ सय ९५ बरावरको शैक्षिक सामग्री प्रदान गरिएको सेभ द सप्तरीका संतोष यादबले जानकारी दिए ।
उक्त अवसरमा सेभ द सप्तरीका सचिव नरेन्द्र यादब, सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल मण्डल, कार्यक्रम संयोजक गोपाल चौधरी लगायतले समाजमा किशोरीप्रति गरिने भेदभावलाई अन्त गर्नका लागि किशोरीहरूलाई शिक्षामा प्रोत्साहन मिल्ने बिश्वास ब्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ