News Category 2077/08/21
हात्तिले आधा दर्जन बढी घर भत्कायो
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
कोशी टप्पु बन्य जन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तिले शनिबार राती सप्तरीको शम्भुनाथ नगरपालिकाको आधा दर्जन घर भत्काउनुका साथै लाखौंको अन्नबाली नष्ट गरेको छ । हात्तिको समूहले शम्भुनाथ नगपालिका वडा नं. २ र ७ मा आधा दर्जनभन्दा बढी फुसको संरचना भएको घर भत्किनुका साथै लाखौंको खाद्यान्न र खेतमा लगाइएका अन्नबाली नष्ट गरेको हो ।
चार÷पाच वटा हात्तिको समूहले शम्भुनाथ नगरपालिका २ का मो. जाहागिर, मो. असराद्दिन, मो. हजरादिन तथा वडा न. ७ का सिमरित दास, सुकमार दास, भिम दास, राजकुमार दास, काशीकुमार दास लगायतको घर भत्काइदिएको पीडितहरुले बताएका छन् ।
हात्तिको आंतकपछि गाउँले त्रासमा जाग्राम बस्न थालेका छन् । सो क्षेत्रका बालबालिका पनि घर बाहिर निस्कन डर मानिरहेका छन् ।
हात्ति आंतकबाट सर्वाधिक प्रभावित मानिएको शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका, सप्तकोशी नगरपालिका, खडक नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, रुपनी गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकाका बासिन्दाहरुले वर्षौदेखी नियन्त्रण र क्षतिपूर्ती माँग गर्दैै स्थानिय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै आएका छन् । तर यसतर्फ हालसम्म कुनै ठोस पहल नभएको उनीहरुको गुनासो छ ।
कोशी टप्पु बन्य जन्तु आरक्षका हात्तिले ६ महिना यता मात्रै जिल्लामा दुई दर्जन भन्दा बढी घर भत्काएको प्रहरी तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ