News Category 2077/08/22
लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी अभिमुखिकरण
दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी सोमबार राजविराजमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत मूल समारोह समितिको आयोजना र समग्र जनउत्थान केन्द्रको संयोजनमा राजविराज नगरपालिका–६ पूर्णी पोखरीस्थित बहिरा बालक स्कूलमा अभिमुखिकरण कार्यक्रम भएको हो ।
कार्यक्रममा मूल समारोह समितिका संयोजक मनोहर पोखरेलले लैङ्गिक हिंसाबाट पीडितले न्याय प्राप्त गरेको अनुभूति गर्न र आत्मसम्मानका साथ मानव अधिकारको सुनिश्चितता भएको महशुस गर्न अत्यावश्यक रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक भुवनेश्वरप्रसाद साहले पीडकलाई दण्ड सजाय र पीडितको चाहनाअनुरूपको न्याय प्राप्त गरेको अनुभूति गर्ने वातावरण सृजना गर्न प्रहरीले भूमिका खेल्दै आएको बताए ।
जेष्ठ नागरिक चन्द्रशेखर साफीको अध्यक्षतामा भएको कार्यक्रममा समग्र जनउत्थान केन्द्रकी सहजकर्ता सुष्मा गुप्ता, क्रेस नेपालका अध्यक्ष उपेन्द्र साह, स्थानीय शत्रुघ्न साह, युवा सञ्जालकी संयोजक सुनीता साह, हुर्क नेपालकी कार्यक्रम संयोजक रिया राय सञ्चेतीलगायतले महिला हिंसा न्युनिकरण बारे सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ