News Category 2077/08/22
जेसीजद्वारा रक्तदान सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
जेसीज सप्ताह अन्तर्गत सोमबार राजविराज जेसीजले राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान कार्यक्रममा राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवाल, पूर्व अध्यक्ष मनोहर पोखरेल, कार्यक्रम संयोजक रबीकुमार राय, कानुनी सल्लाहकार राजेश मण्डल, शाखा सम्पादक, सुनितकुमार मुन्नालगायतले रक्तदान गरेका थिए ।
यसैगरी स्वयमसेवी रक्तदाता पंकजकुमार सरकार, पत्रकार पिन्टुकुमार यादव, गायत्री दाहाल, भोली मेहतर राउत, दयानन्द अमात्य, उपेन्द्रकुमार राय, पंकज अमात्य, टोपेन्द्रकुमार रायले रक्तदान गरेका थिए ।
कोभिड–१९ को महामारीका बेला रगतको अभाव भई विरामीहरुलाई समस्या भइरहेका बेला जेसीजले रक्तदान गरेर सही समयमा सही काम गरेको रक्तसञ्चार केन्द्रका इन्चार्ज नबिन झाले बताए ।
अध्यक्ष नानीमैया कटवालको अध्यक्षता एवम् सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष शंकर शारदा, पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा २०२० का राष्ट्रिय अध्यक्षका उम्मेदवार रबीन पोखरेल, नुवाकोट जेसीजका अध्यक्ष श्रीकृष्ण आचार्यलगायतले मन्तव्य राखेका थिए ।
उक्त अवसरमा राजविराज जेसीजका अध्यक्ष कटवालले गम्छा लगाई दिएर पोखरेल र आचार्यलाई सम्मानका साथै एकआपसमा मायाको चिनो आदानप्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ