News Category 2077/08/22
जग्गा विवादमा कुटाकुट हुँदा दुई महिला घाइते, एक अर्कामाथी बोक्सीको आरोप
दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा सोमबार जग्गा सम्बन्धी दुई पक्षबीच भएको विवादमा कुटाकुट हुँदा दुई महिला घाइते भएका छन् ।
उक्त नगरपालिका वडा नं. १ निवासी सुमिन्द्रादेवी राम र सम्तोलियादेवी साहबीच जग्गा सम्बन्धी विवाद हुँदा एक अर्काको कुटाईबाट ती दुबै महिला घाइते भएकी हुन् ।
घाइते रामको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा र साहको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुबै घाइते महिलाले एक अर्कामाथी बोक्सीको आरोप लगाउँदै कुटपिट गरिएको जनाइएको छ । तर, प्रहरीले बोक्सीको आरोपमा कुटपिट भएको दाबी र हल्ला दुबै निराधार रहेको स्पष्ट पारेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता समेत रहेका डिएसपी भुवनेश्वर साहले दुबै महिलाको परिवारबीच लामो समयदेखी गाउँकै एक जग्गाको विषयलाई लिएर विवाद रहँदै आएको जानकारी दिएका छन् ।
सोही विषयमा पटक पटक दुबै पक्षबीच झै झगडा हुँदै आएकोमा निकासका लागि स्थानिय समाज र प्रहरी चौकीमा समेत पंचायति बसी निकासको प्रयास गरिएको उनले बताए । तर, विवादित जग्गा बारे दुबै पक्षको आ–आफ्नै अडानका कारण निकास निस्किन नसकेको उनको भनाई छ । यद्दपी पछिल्लो घटना बारे २स्प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ