News Category 2077/08/22
राविनपाका सवइन्जिनियरसहित ६ जनाबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर
दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजविराज नगरपालिका क्षेत्र भित्र वृक्षारोपण गर्न छुट्याएको रकम हिनामिना भएको भन्दै नगरपालिकाका सबइन्जिनियरसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सडकको दायाँबायाँ वृक्षारोपण गर्नको लागि निकासा भएको रकमबाट केही स्थानमा मात्र वृक्षारोपण गरी बाँकी रकम नगरपालिकाका तत्कालिन कार्यकारी अधिकृतसमेतको मिलेमतोमा हिनामिना भएको भन्ने उजूरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो । अख्तियारले तत्कालिन कार्यकारी अधिकृतको नाम उल्लेख नगरेपनि श्रोतका अनुसार सो समयमा राजविराज नगरपालिकाका अधिकृतको रुपमा विष्णु गुरुङ रहेका थिए ।
नगर भित्र सडकको दायाँबायाँ वृक्षारोपण गर्नको लागि निकासा भएको रकमबाट केही स्थानमा मात्र वृक्षारोपण गरी बाँकी रकम हिनामिना गरेको भन्दै नगरपालिकाका सवइन्जिनियर सत्यजीबकुमार सिंह, तत्कालीन अनुगमन तथा मूल्याङ्कन अधिकृत शीतल रिमाल र सूचना तिमल्सिना, आरके इन्जिनियरिङ्ग कन्सल्टेन्टका प्रोप्राइटर टुनालाल कर्ण, सेभ द नेपाल राजविराजका अध्यक्ष घनश्याम झा र कोषाध्यक्ष ललितनारायण झाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
सवइन्जिनियर सिंहले वृक्षारोपण कार्यको अन्तिम मूल्याङ्कनमा निर्माणस्थलमा भएको भन्दा बढी परिमाणको कार्य उल्लेख गरी तथा प्रयोग भएको तारजालीको पनि निर्धारित गुणस्तरयुक्त तथा मापदण्ड बमोजिम नभएकोलाई भएको भनी भुक्तानीको लागि सिफारिस गरेकोले उनीविरुद्ध १७ लाख ७५ हजार बिगो मागदाबी गरि विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
यस्तै मूल्याङ्कन अधिकृत रिमालविरुद्ध ७ लाख ८६ हजार, मूल्याङ्कन अधिकृत सूचना तिमल्सिना विरुद्ध ९ लाख ८९ हजार, प्रोपाइटर कर्णविरुद्ध ७ लाख ८६ हजार, सेभ द नेपाल, राजविराज र तारजालीसहित वृक्षारोपण कार्यक्रम उपभोक्ता समिति, राजविराजका अध्यक्ष झाविरुद्ध १७ लाख ७५ हजार र कोषाध्यक्ष झाविरुद्ध ७ लाख ८६ हजार विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ