News Category 2077/08/22
प्रदेश २ मा बाल विवाहका घटना बढ्दो ः प्रतिवेदन

दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
प्रदेश २ मा बालविवाह बढ्दै गएकोप्रति सोमबार राजविराजमा आयोजित एक कार्यक्रममा चिन्ता व्यक्त गरिएको छ ।
साथसाथ सिकाई समूहको आयोजना, शान्तिका लागि साझ अभियान (कोक्याप) र सेकडिहुरफको समन्वय तथा नेपाल मोनिटरको सहयोगमा सोमबार राजविराजमा आयोजित कार्यक्रममा सहभागिहरुले चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा कोक्यापकी कार्यक्रम अधिकृत अम्बिका पौडेलद्वारा प्रस्तुत प्रतिवेदनमा प्रदेश २ मा सबैभन्दा बढी बालविवाहको घटना भएको उल्लेख छ ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६÷७७ मा देशभर प्रहरीमा उजुरी दर्ता भएका बालविवाहका ६४ घटना छन् । जसमध्ये सर्वाधिक प्रदेश २ का १३ तथा लुम्बिनी प्रदेशमा ११, बागमति र कर्णालीमा ९÷९, प्रदेश १ मा ७ तथा गण्डकी र सुदुरपश्चिम प्रदेशमा ५÷५ वटा बालविवाह घटनाको उजुरी दर्ता भएका छन् ।
सोही कार्यक्रमका सहभागिले बालविवाह नगराउने सामूहिक प्रतिबद्धता समेत जनाएका छन् । बालविवाह रोकथाममा नागरिकको भूमिका विषयक सो अन्तरसम्वादका प्रमुख अतिथि प्रदेश सभासदस्य गोबिन्द न्यौपानेले बालविवाह गर्दा र गराउँदा आर्थिक, मानसिक, सामाजिक, शारिरीक समस्या समेत हुने बताउँदै आफूले कानुनले तोकेको उमेर मूनीका केटाकेटीको विवाह नगराउने र अरुलाई पनि रोक्ने प्रतिबद्धता जनाए ।
कोक्यापकी राष्ट्रिय उपाध्यक्ष आभासेतु सिंहले उच्च शिक्षा नलिएसम्म र उमेर नपुेसम्म छोरीको विवाह गर्नु कानुन अपराध र छोरीसँग अन्याय हुने बताउँदै कतै बालविवाह भइरहेको जानकारी आए तुरुन्त सम्बन्धीत निकायमा खबर गर्न आग्रह गरिन् ।
बिन्दा पासवानको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, सेकडिहुरफका अध्यक्ष एवं अधिकारकर्मी जंगबहादुर सिंहलगायतले बालविवाह रोक्न सबैको सामूहिक प्रयासको खाँचो रहेको बताउँदै कतै बालविवाहको वकालत नगर्ने प्रतिबद्धता जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ