News Category 2077/08/23
खुला रुपमा सेनेटेरी प्याड वितरण
दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत मंगलबार खुला रुपमा सेनेटेरी प्याड वितरण गर्दै मर्यादित महिनावारी दिवस मनाइएको छ ।
मूल समारोह समितिको आयोजनामा राजविराजस्थित सहिद दशन चोकमा कोणसभा पश्चात सेनेटेरी प्याड वितरण गरिएको हो ।
कोणसभामा मूल समारोह समितिका संयोजक मनोहर पोखरेलले संस्कृतिको आडमा महिलामाथि हुने अमानवीय व्यवहार मानवअधिकार विरुद्ध रहेकाले महिनावारीका नाममा हुने शोषण र निषेधविरुद्ध लडन तथा विज्ञानसम्मत र विवेकसम्मत खण्डन गर्न सबैसँग आग्रह गरेका छन् ।
कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जालकी सहसचिव एवम् अधिवक्ता मनु खनाल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, राजविराज जेसीजकी अध्यक्ष नानीमैया कटवाल, मैथिली महिला परिषदकी प्रतिमा देव, समग्र जनउत्थान केन्द्रकी सुष्मा गुप्ता, हुर्क नेपालकी रिया राय सञ्चेती, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुरले मन्तव्य राखेका थिए ।
ग्रीन नेपालको संयोजनमा भएको कार्यक्रममा राजविराज जेसीज र मानवअधिकार निगरानी समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ