News Category 2077/08/24
प्रधानमन्त्री कपका लागि प्रदेश स्तरिय महिला क्रिकेट छनौट प्रतियोगिता राजबिराजमा हुदै

दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीताका लागी प्रदेश स्तरिय महिला क्रिकेट छनोट प्रतियोगता राजविराजमा हुने भएको छ ।
सो प्रतियोगिता मंसिर २८ गते देखि राजबिराजस्थित राजरंगशाला मैदान हुने सप्तरी क्रिकेट संघका अध्यक्ष एवं प्रदेश २ क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन ।
उक्त छनोट प्रतियोगितामा प्रदेश २ का ८ जिल्ला सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा र पर्साको सहभागिता रहेछन् भने सो प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनौट भई प्रदेश २ महिला क्रिकेट टोली चयन गरिने क्रिकेट संघका प्रदेश सचिव श्रेष्ठले जानकारी दिए ।
सो टोलीले पुस ११ गतेदेखि दाङको लमहीमा संचालन हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सप्तरी क्रिकेट संघका सचिव चन्दन यादवले जानकारी दिए ।
यसअघि प्रदेश स्तरिय प्रतियोगिताका लागि नितु कुमारी चौधरीको नेतृत्वमा सप्तरी महिला क्रिकेट टोली घोषणा गरिएको छ । सो टोलीमा अंजली चौधरी, सीता चौधरी, सृजना चौधरी, सन्जना चौधरी, नबिता चौधरी, निरूता चौधरी, संगिता चौधरी, मंजु कुमारी राम, रबिना चौधरी, संतोषी चौधरी, दिपमाला चौधरी, सुस्मिता चौधरी, कृति चौधरी प्रियंका चौधरी चयन भएका छन् ।
यसैबीच मंसिर २५ गते हुन लागेको प्रदेश स्तरिय छनोट क्रिकेट प्रतियोगिताका महबुब आलमको नेतृत्वमा सिनियर (पुरूष) सप्तरी क्रिकेट टिमको घोषणा गरिएको छ ।
सो टोलीमा रोहित सिंह (उपकप्तान), बिवेक यादब, रोहन बिक, अमित यादब, बिकास दास, गुणानन्द राय, आशिष झा, रोबिन सिंह, सिमान्त राय, अनुज यादब, अजय यादब, निरज यादब, अमित दासलाई चयन गरिएको छ । यसैगरी बैकल्पिक खेलाडीमा राहुल मण्डल, अनिल यादब, गोमानन्द अमात्य, दिपेश सरदारलाई चयन गरिएको सप्तरी क्रिकेट संघका सचिव यादबले जानकारी दिए ।
त्यस्तै प्रदेश २ का लागि पुरूष तर्फको क्रिकेट छनोट प्रतियोगिता मंसिर २५ देखि धनुषाको जनकपुर र बाराको कलैयामा हुनेछ । सो प्रतियोगिताबाट प्रदेश २ पुरुष क्रिकेट टिमको चयन गरिने र चयन गरिएको टोलीले पुस ११ गतेदेखी काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने छन् ।
सप्तरी क्रिकेट संघले मंसिर १७ गते देखि २० गते सम्म संचालन गरेको बन्द प्रशिक्षणबाट महिला र पुरुष क्रिकेट टोलीको चयन गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ