News Category 2077/08/28
कोरोनाबाट जोगिन स्वास्थ्य सामग्री सहयोग
राजविराज÷कोरोना भाइरस महामारीलाई मध्य नजर गरि सप्तरीका राजविराज नगरपालिका भित्र रहेको बिद्यालायलाई स्वास्थ्य सम्बन्धि सामग्री बितरण गरिएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले राजविराजमा आयोजना गरेको सामग्री बितरण कार्यक्रममा राजविराज नगरपालिका अन्र्तगतका वडा नं. १, ५, १३, १४ र १६ का १० वटा समुदायिक बिद्यालयका लागि कोभिड १९ वटा जोगिन स्वास्थ्य सामग्री बितरण गरिएको सेभ द सप्तरीका सुपरभाइजर दुर्गानन्द शर्माले जानकारी दिएका छन् ।
सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देवको अध्यक्षतामा सम्पन्न भएको बितरण समाहारोमा प्रत्येक बिद्यालयलाई परमोगन १ थान, स्प्रेय पम्प एकथान, सेनिटाइजर, कोभिड १९ को चेतनामुलक पोष्टर, किटाणु मार्ने औसधि लगायतका स्वास्थ्य सामग्री बितरण गरिएको हो ।
सो साहारोमा सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव र कार्याक्रम संयोजनक गोपाल प्रसाद चौधरीले संयुक्तरुपमा बिभिन्न बिद्यालयका प्रअ तथा शिक्षकहरुलाई उक्त स्वास्थ्य सामग्रीहरु बितरण गरिएको सेभ द सप्तरीले जनाएको छ ।
कार्यक्रममा राजविराज नगरपालिकाका शिक्षा संयोजक भोगेन्द्र प्रसाद यादव, सेभ द सप्तरीका पियकी देव, सुपरभाइजर दुर्गनन्द शर्मा, अधिकृत मुकेश कुमार मण्डल, समुदायिक परिचालक रामकुमार राम र रामचन्द्र यादवसहितका तथा बिभिन्न बिद्यालयका शिक्षकहरुको समेत उपस्थित रहेको जनाइएको छ ।
यस्तै जिल्लाको तिलाठी कोइलाडी र छिन्नमस्ता तथा बिष्णुपुर गाउँपालिकाकासहित ६४ वटा बिद्यालयमा समेत कोभिड १९ को संक्रमणबाट बच्नको लागि अपनाउने स्वास्थ्य सामग्रीहरु बितरण गर्ने कार्यक्रम रहेको सुपरभाइजर शर्माले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ